Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

वीरगंज बनाउन सबैको साथ आवश्यक : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंज बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताएका छन् । लायन्स क्लब अफ इन्टरनेशनलको आयोजनामा शुक्रबार आयोजित मेडिकल सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वीरगंजलाई समृद्ध बनाउन लायन्स लगायत सबैको साथ र सहयोग आवश्यक रहेको बताएका हुन् ।

लायन्स क्लबले वीरगंज र यस क्षेत्रमा गरेको कामको सह्राना गर्दै उनले आउँदा दिनमा वीरगंजकाे आवश्यकता र यहाँका नागरिकको चाहना बमोजिमका कार्यक्रम संचालन गर्न पनि आग्रह गरे ।

लायन्ससँग सहकार्य गर्दै महानगर अघि बढ्न तयार रहेको भन्दै मेयर सिंहले महानगरले स्थापना गरेर संचालनको तयारी गरेको वीरगंज जनस्वास्थ्य प्रयोगशालामा केही उपकरणहरु आवश्यक रहेकाले त्यसको व्यवस्था गरिदिन आग्रह गरे ।

लायन्स क्लब अफ इन्टरनेशनलका डिएन अग्रवालले शिक्षा स्वास्थ्यको क्षेत्रमा लायन्स क्लबले काम गर्दै आएको जानकारी दिदै आफूहरु महानगरसँग सहकार्य गरेर अघि बढ्न सँधै तयार रहेको बताए । महानगरको प्रयोगशालालाई आवश्यक परेको उपकरण उपलब्ध गराउन लायन्स तत्पर रहेको भन्दै अग्रवालले यसबारे छिट्टै निर्णय दिने पनि बताए ।

क्लबले आँखाको रेटिना सम्बन्धी उपचारका लागि अति आवश्यक उपकरण मेयर सिंहले परवानिपुर स्थित केडिया आँखा अस्पताललाई हस्तान्तरण गरेका थिए । करिब ८५ लाख रुपैयाँको उपकरण हस्तान्तरण भएको र यो उपकरणले आँखाको रेटिनाको शल्यकृया गर्न सहज हुने अस्पतालका संचालक राजेश केडियाले विश्वास व्यक्त गरे ।

अहिले पनि नेपाल भारत लगायत विभिन्न स्थानका आँखाका समस्या भएका व्यक्तिहरुको उपचार गरिरहेको अस्पतालले यो उपकरण पछि अब आँखाको कुनै पनि समस्याको समाधानका लागि बाहिर जानु पर्ने बाध्यता हट्ने उनको विश्वास छ ।

मेडिसिटी बयोधा हस्पिटललाई पनि ४ थान डायलासिस मेसिन सहयाेग

यस्तै शुक्रबार नै क्लबले नेपाल मेडिसिटी बयोधा हस्पिटललाई पनि ४ थान डायलासिस मेसिन हस्तान्तरण गरेको छ । अस्पतालले डायलासिसका लागि निशुल्क व्यवस्था मिलाएकाले त्यहाँ जाने मृगौला बिरामीका लागि सहज होस भनेर आफूहरुले मेसिन उपलब्ध गराएको लायन्स क्लब इन्टरनेशनलका डिएन अग्रवालले जानकारी दिए ।

अस्पतालले यस अघि देखि नै डायलासिस निशुल्क गरिरहेको र अहिले प्राप्त उपकरणबाट पनि थप निशुल्क गर्न आफूहरुलाई उत्साह थपिएको अस्पतालले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...