Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

आजपाकाे केन्द्रिय समिति पुर्नगठन र सातै प्रदेशकाे जिम्मेवारी बाँडफाड

spot_img
spot_img

वीरगंज । आम जनता पार्टीकाे भदाै ११ र १२ गते सम्पन्न दाेस्राे केन्द्रिय पूर्ण बैठककाे निर्णय शुक्रबार सार्वजनिक गरिएकाे छ । पार्टी अध्यक्ष प्रभु साहकाे अध्यक्षतामा काठमाडाैंकाे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बसेकाे बैठककाे ७ निर्णयहरु सार्वजनिक गरिएकाे हाे । 

बैठकले पार्टी अध्यक्ष प्रभु साहद्वारा लिखित “भगाैडा दलाल सत्ताकाे भण्डाफाेर गराैं ! जनसंघर्षकाे बाटाेमा अधि बढाैं” मुल्य नारा रहेकाे १८ पृष्ठ लामाे एतिहासिक राजनीतिक प्रतिवेदन व्यापक छलफलसहित सर्वसहमतिले पारित गरेकाे छ ।

बैठक कै क्रममा नेकपा एसकी केन्द्रिय नेतृ एवम् निर्वतमान सांसद समिना हुसेन पार्टीमा प्रबेश गरेकाेमा पार्टी अध्यक्ष साहद्वारा स्वागत गर्नुकाे साथै बैठकले समिना हुसैन र ज्ञानेन्द्र कुमार तामाङलाई पार्टीकाे केन्द्रिय सचिवकाे जिम्मेवारी दिने निर्णय गरेकाे पार्टीका महासचिव उपेन्द्र साहले जानकारी दिए । 

यसैगरी बैठकले केन्द्रिय समितिकाे पुर्नगठन गर्दै सातै प्रदेश तथा जनसंगठनहरुकाे जिम्मेवारी समेत ताेकेकाे महासचिव उपेन्द्र साहद्वारा जारि विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

विज्ञप्ती अनुसार प्रदेश नं. १ काे इन्चार्ज रामपृत राम, सह इन्चार्ज हरिप्रसाद पाेखरेल, प्रदेश अध्यक्ष जुरिलाल माेची, सचिव विनु किरातीलाई जिम्मेवारी दिएकाे छ । बैठकले मधेश प्रदेशकाे इन्चार्ज सुधिर यादव, सह इन्चार्ज श्रीचन मुखिया, प्रदेश अध्यक्ष उमेश कुशवाहा र सचिव ममता शर्मालाई ताेकेकाे छ ।

यसैगरी बैठकले बागमती प्रदेश इन्चार्ज अरुण घिसिङ, सह इन्चार्ज ज्ञानेन्द्र कुमार तामाङ, अध्यक्ष रमेश थपलिया, सचिव मिन बहादुर खत्री, गण्डकी प्रदेशकाे इन्चार्ज तिलक थापा मगर, अध्यक्ष भाेजरा त्रिपाठी, सचिव हरि थापा, लुम्बनी प्रदेशकाे इन्चार्ज बद्री न्याैपाने, सह इन्चार्ज प्रमानन्द बर्मा, अध्यक्ष बिक्रम चाैधरी, सचिव आशा संजेललाई जिम्मेवारी दिएकाे छ ।

यसैगरी बैठकले कर्णाली प्रदेशकाे इन्चार्ज तिलक थापा, संयाेजक हरि बाेहाेरा, सुदुर पश्चिम प्रदेशकाे इन्चार्ज बद्री न्याैपाने र संयाेजक जागेश्वर बुढा क्षेत्रीलाई जिम्मेवारी ताेकेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...