Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

आजपाकाे केन्द्रिय समिति पुर्नगठन र सातै प्रदेशकाे जिम्मेवारी बाँडफाड

spot_img
spot_img

वीरगंज । आम जनता पार्टीकाे भदाै ११ र १२ गते सम्पन्न दाेस्राे केन्द्रिय पूर्ण बैठककाे निर्णय शुक्रबार सार्वजनिक गरिएकाे छ । पार्टी अध्यक्ष प्रभु साहकाे अध्यक्षतामा काठमाडाैंकाे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बसेकाे बैठककाे ७ निर्णयहरु सार्वजनिक गरिएकाे हाे । 

बैठकले पार्टी अध्यक्ष प्रभु साहद्वारा लिखित “भगाैडा दलाल सत्ताकाे भण्डाफाेर गराैं ! जनसंघर्षकाे बाटाेमा अधि बढाैं” मुल्य नारा रहेकाे १८ पृष्ठ लामाे एतिहासिक राजनीतिक प्रतिवेदन व्यापक छलफलसहित सर्वसहमतिले पारित गरेकाे छ ।

बैठक कै क्रममा नेकपा एसकी केन्द्रिय नेतृ एवम् निर्वतमान सांसद समिना हुसेन पार्टीमा प्रबेश गरेकाेमा पार्टी अध्यक्ष साहद्वारा स्वागत गर्नुकाे साथै बैठकले समिना हुसैन र ज्ञानेन्द्र कुमार तामाङलाई पार्टीकाे केन्द्रिय सचिवकाे जिम्मेवारी दिने निर्णय गरेकाे पार्टीका महासचिव उपेन्द्र साहले जानकारी दिए । 

यसैगरी बैठकले केन्द्रिय समितिकाे पुर्नगठन गर्दै सातै प्रदेश तथा जनसंगठनहरुकाे जिम्मेवारी समेत ताेकेकाे महासचिव उपेन्द्र साहद्वारा जारि विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

विज्ञप्ती अनुसार प्रदेश नं. १ काे इन्चार्ज रामपृत राम, सह इन्चार्ज हरिप्रसाद पाेखरेल, प्रदेश अध्यक्ष जुरिलाल माेची, सचिव विनु किरातीलाई जिम्मेवारी दिएकाे छ । बैठकले मधेश प्रदेशकाे इन्चार्ज सुधिर यादव, सह इन्चार्ज श्रीचन मुखिया, प्रदेश अध्यक्ष उमेश कुशवाहा र सचिव ममता शर्मालाई ताेकेकाे छ ।

यसैगरी बैठकले बागमती प्रदेश इन्चार्ज अरुण घिसिङ, सह इन्चार्ज ज्ञानेन्द्र कुमार तामाङ, अध्यक्ष रमेश थपलिया, सचिव मिन बहादुर खत्री, गण्डकी प्रदेशकाे इन्चार्ज तिलक थापा मगर, अध्यक्ष भाेजरा त्रिपाठी, सचिव हरि थापा, लुम्बनी प्रदेशकाे इन्चार्ज बद्री न्याैपाने, सह इन्चार्ज प्रमानन्द बर्मा, अध्यक्ष बिक्रम चाैधरी, सचिव आशा संजेललाई जिम्मेवारी दिएकाे छ ।

यसैगरी बैठकले कर्णाली प्रदेशकाे इन्चार्ज तिलक थापा, संयाेजक हरि बाेहाेरा, सुदुर पश्चिम प्रदेशकाे इन्चार्ज बद्री न्याैपाने र संयाेजक जागेश्वर बुढा क्षेत्रीलाई जिम्मेवारी ताेकेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...