Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

स्थापना दिवसमा समाजवादी प्रेस संगठनद्वारा दीप प्रज्वलन

spot_img
spot_img

वीरगंज । समाजवादी प्रेस संगठन नेपालले आफ्नो दाेस्राे स्थापना दिवस देशैभरी बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । यसै बचि संठगनको पर्सा शाखाले आइतबार सांझ वीरगंजकाे घण्टाघरमा दीप प्रज्वलन कार्यक्रम गरेकाे छ ।

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापाले पत्रकारहरुले सुशासनकाे पक्षमा कलम चलाउनु पर्ने वताए । उनले पत्रकाहरु सत्य तथ्यमा आधारित रहेर कलम चलाएको खण्डमा मात्र देशमा विकास र सुशासन कायम हुने बताए ।

 एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनोज चौधरीले पत्रकारको सहयोग र साथबाट मात्र समाजवाद सम्भव रहेको चर्चा गर्दै जनताको न्यायको पक्षमा पत्रकारहरु निडर भएर कलम चलाउनु पर्ने बताए ।

समाजवादी प्रेस संगठन पर्साको अध्यक्ष मनोज पटेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवान, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठकाेठे मगर,  दलित मुक्ति संगठन पर्साका अध्यक्ष सुशिल हजरा, संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमन, सहसचिव बिनोद पटेल, कोषाध्यक्ष हरिशंकर शर्मा, कार्यसमिति सदस्यहरु संतोष साह, श्याम पासवान, सरोज पटेल, श्रवण साह, दिपु बर्णवाल लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...