Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पर्साका सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको शनिबार निधन भएको हो ।

हृदयघातबाट एसपी थपलियाको मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । शनिबार विहान अचेत भएका थपलियालाई उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा पु¥याउदा अस्पतालले मृत घोषणा गरेको प्रजिअ रेग्मीले बताए ।

उनका अनुसार एसपी थपलिया शनिवार बिहान साईकलमा गढीमाई गएर आएपछि दिउँसो १ बजेको करिबमा हृदयाघातबाट मृत्यु भएको हो ।

साईक्लिङ्ग गरेर आएपछि एकछिन आराम गरेका थपलियाले आराम गरेकै ठाउँमा अचेत भएका थिए । 

उनको शव मेडिसिटी बयाधा अस्पतालमा नै राखिएको छ ।

नुवाकोट स्थायी घर भएका थपलिया सात महिना अघि मात्रै पर्साको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटरमा गणपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...