Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरिया वितरण केन्द्र उत्कृष्ट वितरण केन्द्रकाे रुपमा सम्मानित

spot_img
spot_img

वीरगंज । नेपाल बिधुत प्राधिकरण पोखरिया वितरण केन्द्र उत्कृष्ट वितरण केन्द्रको रुपमा सम्मानित भएकाे छ । नेपाल विधुत प्राधिकरणकाे ३८ औं बार्षिकाेत्सकाे अवसरमा शुक्रबार काठमाण्डाैमा आयाेजित कार्यक्रममा पाेखरिया वितरण केन्द्रलाई उत्कृष्ट वितरण केन्द्रकाे रुपमा सम्मान गरिएकाे हाे ।

प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) काे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा उर्जा, जलस्राेत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेतले पाेखरिया वितरण केन्द्रका प्रमुख जगन्नाथ झालाई खादा ओढाएर कदर पत्रले सम्मान गरेका थिए ।

सुरक्षा चुनौतीका वावजूद विद्युत चोरी नियन्त्रणमा उल्लेख्य भूमिका खेली वार्षिक विद्युत चुहावटमा लक्ष्य भन्दा बढी प्रगती हासिल गरेको, बक्यौता असुलीमा महत्वपूर्ण प्रगती हासिल गरेको, समस्याग्रस्त सामुदायिकः संस्थाहरुको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले पाेखरिया वितरण केन्द्रका सम्पूर्ण कर्मचारीहरुको योगदानको उच्च मूल्यापून गर्दै नेपाल विद्युत प्राधिकरणले सम्मान गरेकाे हाे ।

२३ वटा वितरण केन्द्र रहेकाे मधेश प्रदेश भरि मै पाेखरिया वितरण केन्द्रसहित दुई वितरण केन्द्रलाई सम्मान गरिएकाे हाे । अर्काे सम्मानित हुने लालबन्दी वितरण केन्द्र रहेकाे पाेखरिया वितरण केन्द्रका प्रमुख झाले वताए ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएकाे कार्यक्रममा उर्जा, जलस्राेत तथा सिचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे, नेपाल विधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ लगायतकाे सहभागिता रहेकाे थियाे ।

यसैगरी विधुत प्राधिकरणकाे वार्षिकाेत्सकाे अवसरमा वीरगंज वितरण केन्द्र र पाेखरिया वितरण केन्द्रले विभिन्न कार्यक्रमकाे आयाेजना गरेर वार्षिकाेत्सव मनाएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...