Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पाेखरिया वितरण केन्द्र उत्कृष्ट वितरण केन्द्रकाे रुपमा सम्मानित

spot_img
spot_img

वीरगंज । नेपाल बिधुत प्राधिकरण पोखरिया वितरण केन्द्र उत्कृष्ट वितरण केन्द्रको रुपमा सम्मानित भएकाे छ । नेपाल विधुत प्राधिकरणकाे ३८ औं बार्षिकाेत्सकाे अवसरमा शुक्रबार काठमाण्डाैमा आयाेजित कार्यक्रममा पाेखरिया वितरण केन्द्रलाई उत्कृष्ट वितरण केन्द्रकाे रुपमा सम्मान गरिएकाे हाे ।

प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) काे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा उर्जा, जलस्राेत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेतले पाेखरिया वितरण केन्द्रका प्रमुख जगन्नाथ झालाई खादा ओढाएर कदर पत्रले सम्मान गरेका थिए ।

सुरक्षा चुनौतीका वावजूद विद्युत चोरी नियन्त्रणमा उल्लेख्य भूमिका खेली वार्षिक विद्युत चुहावटमा लक्ष्य भन्दा बढी प्रगती हासिल गरेको, बक्यौता असुलीमा महत्वपूर्ण प्रगती हासिल गरेको, समस्याग्रस्त सामुदायिकः संस्थाहरुको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले पाेखरिया वितरण केन्द्रका सम्पूर्ण कर्मचारीहरुको योगदानको उच्च मूल्यापून गर्दै नेपाल विद्युत प्राधिकरणले सम्मान गरेकाे हाे ।

२३ वटा वितरण केन्द्र रहेकाे मधेश प्रदेश भरि मै पाेखरिया वितरण केन्द्रसहित दुई वितरण केन्द्रलाई सम्मान गरिएकाे हाे । अर्काे सम्मानित हुने लालबन्दी वितरण केन्द्र रहेकाे पाेखरिया वितरण केन्द्रका प्रमुख झाले वताए ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएकाे कार्यक्रममा उर्जा, जलस्राेत तथा सिचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे, नेपाल विधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ लगायतकाे सहभागिता रहेकाे थियाे ।

यसैगरी विधुत प्राधिकरणकाे वार्षिकाेत्सकाे अवसरमा वीरगंज वितरण केन्द्र र पाेखरिया वितरण केन्द्रले विभिन्न कार्यक्रमकाे आयाेजना गरेर वार्षिकाेत्सव मनाएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...