Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

अहिलेकाे सरकार कै कारण तस्करतन्त्र फस्टायाे : महासचिव पाेखरेल

spot_img
spot_img

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैधानिक कारोबारहरु ठप्प भई अवैधानिक कारोबारहरु प्रोत्साहन गरेको गठबन्धन सरकारको कारण मुलुकले आर्थिक मन्दीको समस्या खेप्नुपर्ने अवस्था सृजना भएको वताएका छन् ।

प्रेस चाैतारी पर्साले वीरगंजमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा वाैल्दै महासचिव पाेखरेलले मुलुक आर्थिक रुपमा मन्दीको अवस्थामा प्रवेश गरेको वताए । एकपछि अर्को कारणहरु उजागर हुँदै गइरहेको भन्दै महासचिव पोखरेलले सुन तस्करी प्रकरणलाई मात्रै कोट्याउने हो भने दुई महिनाको अवधिमा नक्कली कम्पनी खडा गरि झण्डै २ हजार केजी भन्दा बढि सुन भित्र्याइएको तथ्यहरु बाहिर आएकाे वताए । यसले दुई महिनाको अवधिवमा एक अर्व राजस्व हिनामिना भएको उनले बताए ।

महासचिव पाेखरेलले भने “अहिले विदेशिने युवाहरुको तथ्याँक पनि उकालो लाग्दो छ, ७ लाख ७२ हजारको हाराहारीमा युवाहरु विदेश गएका छन् । पढ्ने सिलसिलामा डेढ लाख विद्यार्थी बाहिरिएका छन् । यो आँकडाले काम गर्ने युवाहरु विदेशिँदा देशको विकासको यात्रा रोकिएको छ ।”

वीरगंज नेपालको आर्थिक केन्द्रका रुपमा चिनिन्छ तर गठबन्धन सरकारको कारणले गर्दा वैधानिक अर्थतन्त्र कमजोर र अवैधानिक एवं तस्करतन्त्र प्रोत्साहित भएको आरोप लगाए । उनले मेहनत गर्ने उद्यमी व्यवसायीहरु सकसमा परेका छन्, कतिजनाले आत्महत्या गरे, तर त्यो सरकारको लागि चिन्ताको विषय बन्न नसकेको बताए ।

महासचिव पोखरेलले सुन तस्करी प्रकरणलगायतका विषयमा छानबिनका लागि आयोग गठन गर्न सत्तापक्ष तयार नहुँदा सदनको अवरुद्ध जारी रहेको बताए ।

‘हामीले कुनै जटिल वा अप्ठ्यारो माग राखेका छैनौं, उनले भने, ‘उच्चस्तरीय छानबिन आयोग बनाउन भनेका हौं, प्रतिपक्षको समान्य कुरासमेत सुन्न नचाहेकाले यस्तो परिस्थिति सृजना भएको हो ।’

आफूहरूले उठाएका माग सम्बोधन गर्न तयार भए संसद् सञ्चालन हुने उनको भनाइ थियो ।

अर्काे प्रसंगमा कुरा राख्दै महासचिव पाेखरेलले वर्तमान अवस्थामा मुलुक थप राजनीतिक अस्थिरताको शिकार बन्न पुगेको बताए । मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण नहुदा देश राजनीतिक अस्थिरताको दुष्चक्रमा फसेको बताउदै उनले बहुदलीय व्यवस्था आएको ३४ बर्षमा देशमा २८ जना प्रधानमन्त्री फेरिएकोले पनि देश अस्थिरतामा फसेको स्पष्ट हुने बताए ।

उनले मुलुकमा अब मात्र बलिया राजनितिक दलहरुकाे मात्र काम रहेकाे वताउँदै मधेशका जनताले साना दललाई मत दिएर खेर फालेका कारण पनि स्थिरता सृजना भएकाे वताए । 

प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बञ्जाराले सहजिकरण गरेकाे पत्रकार सम्मेलनमा नेकपा एमालेका सचिव योगेश भट्टराई, एमाले नेतृ जुली महासेठ, पूर्व मन्त्री ज्वाला साह, प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, राजकुमार गुप्ता, प्रभु हजरा, जिल्ला संयाेजक डा. विश्वम्बर शर्मा लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...