Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

अहिलेकाे सरकार कै कारण तस्करतन्त्र फस्टायाे : महासचिव पाेखरेल

spot_img
spot_img

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैधानिक कारोबारहरु ठप्प भई अवैधानिक कारोबारहरु प्रोत्साहन गरेको गठबन्धन सरकारको कारण मुलुकले आर्थिक मन्दीको समस्या खेप्नुपर्ने अवस्था सृजना भएको वताएका छन् ।

प्रेस चाैतारी पर्साले वीरगंजमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा वाैल्दै महासचिव पाेखरेलले मुलुक आर्थिक रुपमा मन्दीको अवस्थामा प्रवेश गरेको वताए । एकपछि अर्को कारणहरु उजागर हुँदै गइरहेको भन्दै महासचिव पोखरेलले सुन तस्करी प्रकरणलाई मात्रै कोट्याउने हो भने दुई महिनाको अवधिमा नक्कली कम्पनी खडा गरि झण्डै २ हजार केजी भन्दा बढि सुन भित्र्याइएको तथ्यहरु बाहिर आएकाे वताए । यसले दुई महिनाको अवधिवमा एक अर्व राजस्व हिनामिना भएको उनले बताए ।

महासचिव पाेखरेलले भने “अहिले विदेशिने युवाहरुको तथ्याँक पनि उकालो लाग्दो छ, ७ लाख ७२ हजारको हाराहारीमा युवाहरु विदेश गएका छन् । पढ्ने सिलसिलामा डेढ लाख विद्यार्थी बाहिरिएका छन् । यो आँकडाले काम गर्ने युवाहरु विदेशिँदा देशको विकासको यात्रा रोकिएको छ ।”

वीरगंज नेपालको आर्थिक केन्द्रका रुपमा चिनिन्छ तर गठबन्धन सरकारको कारणले गर्दा वैधानिक अर्थतन्त्र कमजोर र अवैधानिक एवं तस्करतन्त्र प्रोत्साहित भएको आरोप लगाए । उनले मेहनत गर्ने उद्यमी व्यवसायीहरु सकसमा परेका छन्, कतिजनाले आत्महत्या गरे, तर त्यो सरकारको लागि चिन्ताको विषय बन्न नसकेको बताए ।

महासचिव पोखरेलले सुन तस्करी प्रकरणलगायतका विषयमा छानबिनका लागि आयोग गठन गर्न सत्तापक्ष तयार नहुँदा सदनको अवरुद्ध जारी रहेको बताए ।

‘हामीले कुनै जटिल वा अप्ठ्यारो माग राखेका छैनौं, उनले भने, ‘उच्चस्तरीय छानबिन आयोग बनाउन भनेका हौं, प्रतिपक्षको समान्य कुरासमेत सुन्न नचाहेकाले यस्तो परिस्थिति सृजना भएको हो ।’

आफूहरूले उठाएका माग सम्बोधन गर्न तयार भए संसद् सञ्चालन हुने उनको भनाइ थियो ।

अर्काे प्रसंगमा कुरा राख्दै महासचिव पाेखरेलले वर्तमान अवस्थामा मुलुक थप राजनीतिक अस्थिरताको शिकार बन्न पुगेको बताए । मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण नहुदा देश राजनीतिक अस्थिरताको दुष्चक्रमा फसेको बताउदै उनले बहुदलीय व्यवस्था आएको ३४ बर्षमा देशमा २८ जना प्रधानमन्त्री फेरिएकोले पनि देश अस्थिरतामा फसेको स्पष्ट हुने बताए ।

उनले मुलुकमा अब मात्र बलिया राजनितिक दलहरुकाे मात्र काम रहेकाे वताउँदै मधेशका जनताले साना दललाई मत दिएर खेर फालेका कारण पनि स्थिरता सृजना भएकाे वताए । 

प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बञ्जाराले सहजिकरण गरेकाे पत्रकार सम्मेलनमा नेकपा एमालेका सचिव योगेश भट्टराई, एमाले नेतृ जुली महासेठ, पूर्व मन्त्री ज्वाला साह, प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, राजकुमार गुप्ता, प्रभु हजरा, जिल्ला संयाेजक डा. विश्वम्बर शर्मा लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...