Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झा पुरस्कृत

spot_img
spot_img

वीरगंज । प्रतिक प्रकाशन समूहले हरेक वर्ष प्रदान गर्ने सुवोध सिंह स्मृति पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार चन्द्रकिशोर झा पुरस्कृत भएका छन् । फोटो पत्रकार दिवगंत सुवोध सिंहको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका स्तम्भकार एवम् खोज पत्रकारिता केन्द्रका अध्यक्ष झा यस वर्ष पुरस्कृत भएका हुन् ।

वीरगंजबाट प्रकाशित राष्ट्रिय ‘क’ वर्गको प्रतीक दैनिक पत्रिकाको ३७ औं बार्षिकोत्सवको अवसरमा झालाई वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र प्रतिक दैनिकका प्रधान सम्पादक जगदीश शर्माले सयुँक्त रुपमा दोसल्ला ओढाएर ५१ हजार राशीको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले २/४ वर्षपछि पुरस्कारको राशीलाई १ लाख बनाउने आयोजकको लक्ष्य अर्काे वर्षदेखि नै पूरा गर्ने गरी महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले वीरगंजकाे पत्रकारितालाई सुधार र विकास गर्दै यहाँका पत्रकारहरुको क्षमता अभिवृद्धि एवम् पत्रकारिताको स्तरोन्नती गर्नुपर्नेमा जोड दिए । साथै उनले आफुले महानगरको नेतृत्व गरेदेखि कुनै पनि किसिमका अनियमितता नगरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धानलाई आएर छानविन गर्न चुनौती पनि दिए ।

अख्तियारले खाली पत्र पठाउने गरेपनि आएर छानविन गरेर कागजात नियन्त्रणमा लिने हिम्मत गर्न नसकेको महानगर प्रमुख सिंहको भनाई छ ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम लगायतको उपस्थिती रहेको थियो ।

सुरुमा फोटो पत्रकारलाई मात्रै प्रदान गरिँदै आएको पुरस्कार गत वर्षदेखि अन्य विधाका पत्रकारलाई पनि प्रदान गरिदै आएको प्रतिक दैनिकका सम्पादक शत्रुघन नेपालले जानकारी दिए ।

वीरगंज महानगरपालिका वडा नम्बर १५ स्थित ज्येष्ठ नागरिक पार्कमा आयोजित कार्यक्रममा प्रतिक दैनिकले पत्रिकाका जितलाल राम, मुकेश बस्नेत र धर्मेन्द्र ठाकुरलाई पनि नगद र सम्मान पत्रमार्फत सम्मानित गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...