Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

श्री नेरेसाे प्राविकाे विद्यालय व्यवस्थापन समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ स्थित रहेकाे श्री नेपाल रेडक्रस सोसाईटी प्राथमिक विद्यालयमा बिहिबार भएकाे अभिभावक भेलाले सर्वसम्मत ४ सदस्यी विद्यालय ब्यवस्थापन समिती गठन गरेकाे छ ।

वडा नमबर १ का वडाध्यक्ष लालबाबु चौरसियाको अध्यक्षता र कालिकामाई गाउँपालिकाका शिक्षा प्रमुख मणिभुषण साहको प्रमुख आतिथ्यमा भएको भेलाले रामराज राउत अहिरको अध्यक्षतामा विद्यालय ब्यवस्थापन समिती गठन गरेको हो ।

जुन समितिकाे सदस्यमा सोबराती मिया देवान, महिला सदस्यमा मान्ती देवी कुश्वाहा र दलित सदस्यमा शिवकुमारी दुसादीन चयन भएका छन् ।

८७ जना अभिभावक रहेको विद्यालयकाे अभिभावक भेलामा ६७ जनाको उपस्थिती रहेको प्रधानाध्यापक आवाश मियाँ तेलीले जानकारी दिए ।

गाउँपालिकाले विद्यालय ब्यवस्थापन समिती आफ्ना पालिकाको सबै वडामा रहेको विद्यालयमा गठन गर्ने निर्देशन दिएपछि अभिभवाक भेला गरे विद्यालय ब्यवस्थापन समिती गठन भएको हो ।

यसैगरी केही दिन पहिला सोही पालिकाको वडा नमबर २ भेडिहारीमा रहेकाे श्री सुकई साह माध्यमिक विद्यालयकाे ब्यवस्थापन समिती गठनका लागि भेला भएकाे थियाे । तर भेलामा सहमती नजुटेपछि भेला स्थगित भएकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...