Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

बिन्दवासिनीका तिम्ल्याहा बहिनीहरु विशिष्ट श्रेणीबाट उत्तिर्ण

spot_img
spot_img
वीरगंज । पर्साकाे एक तिम्ल्याहा छाेरीहरुले कक्षा १२ उत्कृष्ट अंक ल्याई उत्तिर्ण भएका छन् । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं.-५ प्रसौनी भाठाकी तिम्ल्याहा छाेरीहरु ए प्लस ग्रेड ल्याएर उत्तिर्ण भएका हुन् ।
 
समिन अहमद र सविला खातुनकी तिम्ल्याहा छाेरीहरु लबिका खातुन ९१ प्रतिशत, अतिका खातुन ९१ प्रतिशत र सबिका खातुन ९४ प्रतिशत अंक ल्याएकी छन् । काठमाडौंकाे त्रिपुरेश्वरस्थित सामुदायिक विद्यालय विश्वनिकेतन माध्यमिक विद्यालयबाट विज्ञान संकायबाट कक्षा १२ पास गरेकी हुन ।
 
यसवर्षकाे कक्षा १२ काे अन्तिम परिक्षामा विज्ञान संकायबाट उत्कृष्ट अंक ल्याएर पास हुने तीनै जना दिदीबहिनीकाे चिकित्सक बन्ने लक्ष्य रहेकाे छ ।
 
साधारण परिवारका विशिष्ट श्रेणीबाट उत्तिर्ण तिम्ल्याहा छाेरीहरुकाे तस्बिर अहिले समाजिक संजालमा भाइरल भइरहेकाे छ । समाजिक संजालमा स्थानियहरुले खुसि व्यक्त गर्दै तिम्ल्याहा छाेरीहरुकाे तस्बिर राखि बधाई तथा सुभकामना दिइरहेका छन् । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...