Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

एनएमएसआरएको स्थापना दिवशमा १०५ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) को ५४ औ स्थापना दिवशको उपलक्ष्यमा साेमबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । 

वीरगंजस्थित कलवार कल्याण समितीको प्राङ्गणमा भएकाे कार्यक्रममा २ महिलासहित १०५ जानले रक्तदान गरेका हुन् ।

कार्यक्रममा बिशाल राज गिरी, कृष्णा भट, रामबिश्वास साह कलवार, अशाेक कुमार चाैधरी, सुरज सर्राफ, बादल कुमार कर्ण, रबिरन्जन प्रसाद कुशवाहा, चिरन्जिबी बाेहारा, कृष्णा माली, शशिकान्त ठाकुर, लालबाबु प्रसाद कुशवाहा, निरज कुमार गिरी, गुडु कुमार साह, हिमान्सु गुप्ता, अरबिन्द कुमार साहले रक्तदान गरेका छन् ।

यसैगरी, श्याम किशाेर यादव, अजय चाैधरी, हरेन्द्र साह अनुराग गुप्ता, हरेराम चाैधरी, निरज प्रसाद श्रीवास्तव, राजेश साेनी, एमडी सतार, विकास कुमार गुप्ता, दिपेश चाैधरी, खेमराज राय, राजकिशाेर महताे धानुक, प्रमेश्वर पुर्वे, राजन कुमार सिंह, रामनरेश यादव, जयप्रका चाैधरी, दिपेन्द्र चाैधरी, प्रमाेद चाैधरी लगायतकाले रक्तदान गरेका हुन् ।

एनएमएसआरए पर्साद्वारा आयोजित रक्तदान कार्यक्रमकाे उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।

सङ्घका जिल्ला अध्यक्ष राम गोसाईंको सभापतित्वमा भएकाे कार्यक्रमकाे उद्घाटन गर्दै मेयर सिंहले युवाहरूले रक्तदान गर्ने बारे गाउँ-गाउँसम्म चेतना जागृत गराउने काम गर्नु पर्नेमा जोड दिए ।

उनले अहिले पनि अस्पतालहरूमा उपचार गर्न आउने बिरामीले सहजै रगत पाउने अवस्था नरहेको भन्दै रक्तदानका लागि जागृत गराउनु पर्ने आवश्यकता रहेको बताए ।

एक फरक प्रसङ्गमा बोल्दै उनले वीरगंज व्यवस्थित र सफा सुन्दर बनाउन सबैको साथ र सहभागिताको आवश्यकता रहेको भन्दै त्यसका लागि सङ्घसँग हातेमालो गरेर आफूहरू अघि बढ्न तयार रहेको बताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...