Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026

“वीरगंज यूथ सम्मिट एन्ड अवार्ड्स – २०२३” सम्पन्न

spot_img
spot_img

वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगंजमा पहिलो पटक आयोजित राष्ट्रिय स्तरको युवा सम्मेलन सम्पन्न भएको छ ।

वीरगंज उद्योग वाणिज्य सङ्घ र नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगंजले संयुक्त रूपमा नगरमै पहिलो पटक आयोजना गरेको एक दिने राष्ट्रिय स्तरको युवा सम्मेलन “वीरगंज यूथ सम्मिट एन्ड अवार्ड्स – २०२३” शनिबार सम्पन्न भएको हो ।

विभिन्न पृष्ठभूमि र विचारका युवाहरूलाई एक मञ्चमा ल्याएर उनीहरूको साझा विचार राख्न र समसामयिक विषयमाथि छलफल तथा उठान गर्ने उद्देश्यका साथ आयोजित वीरगंज यूथ सम्मिट सफलतापूर्वक सम्पन्न भएको एनवाइईएफ वीरगंजका अध्यक्ष सन्दीप अग्रवालले बताए ।

कार्यक्रममा नेपालका युवाले वर्तमान अवस्था भोगिरहेका समस्या र त्यसको दीर्घकालीन समाधानका बारेमा छलफल गरिएको अध्यक्ष सन्दीपले बताए । ‘यूथ सम्मिटका क्रममा भएका विभिन्न कार्यक्रमहरू मार्फत उपस्थित तिन सय भन्दा बढी युवाहरूले सक्रिय सहभागिता जनाउँदै आफ्नो जिज्ञासा, आकाङ्क्षा र नवीनतम विचार राख्दै समस्याहरूको दीर्घकालीन समाधानका बारेमा छलफल गरेका थिए,’ उनले भने ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहले वीरगंजलाई एउटा विकसितसँगै स्वच्छ, सुन्दर र आकर्षक नगरी युवाहरूको साथ अपरिहार्य रहेको बताए । महानगरको मेयरमा आफूलाई निर्वाचित गराउन युवाहरूले ठूलो भूमिका खलेको बताउँदै उनले वीरगंजका युवाहरूका लागि आफूले पनि धेरै थोक गर्न खोजिरहेको बताए ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा आएकी सफल अन्तराष्ट्रिय व्यावसायिक प्रशिक्षक र प्रेरक वक्ता मान्सी अग्रवालले भविष्यका लागि आवश्यक सिपका बारेमा चर्चा गरेकी थिइन् । वक्ता मान्सीले युवाहरूको लागि वर्षमा एक दिन छुट्याएर नहुने बताउँदै आगामी १५ वर्षसम्म प्रत्येक दिनलाई युवा दिवसका रूपमा मनाउनु पर्ने बताइन । ‘मलाई युवा दिवससँग समस्या छ । देशको आधाभन्दा बढी जनसङ्ख्या युवाहरूको भएपनि उनीहरूको सफलताको उत्सव मनाउन जम्मा एक दिन पर्याप्त छैन,’ उनले भनिन्, ‘एक हप्ता, एक महिना र एक वर्ष पनि पर्याप्त छैन । आउने १५ वर्ष युवाहरूको हो । त्यसैले प्रत्येक दिनलाई युवा दिवसका रूपमा मनाउनु पर्छ ।’ उनले वर्तमान समय जस्तो भविष्यमा म्यानुवल नभएर सबै काम स्वचालित किसिमले हुने बताउँदै सोही अनुरूप युवाहरूले सिप सिक्न आवश्यक रहेको बताइन ।

त्यस्तै सम्मिटमा ‘परिवर्तन र नवप्रवर्तनमा युवा संलग्नता’ विषयमा प्यानल छलफल पनि गरिएको थियो । जहाँ प्रतिनिधिसभा सदस्य विना जयसवाल, शिक्षाविद् विनोद गुप्ता, एनवाइईएफकी राष्ट्रिय अध्यक्ष (एनजीसी अध्यक्ष) सहारा जोशी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घको तालिम केन्द्रका संयोजक अनुप अग्रवाल र एनवाइईएफ वीरगञ्जका अध्यक्ष सन्दीप अग्रवालले उद्यम र व्यसाय गर्दा युवाहरूले भोगिरहेको समस्याका बारेमा छलफल गरेका । वरिष्ठ आर्थिक पत्रकार ओमप्रकाश खनालले सहजीकरण गरेको प्यानल छलफलमा उनीहरूले सरकारकी नीति, अस्थिर राजनीत र बैंक ब्याज लगयातका कारण नेपालमा उद्यमशिलता विकास हुन् नसकेको बताए । सङ्घीय संसद्मा पनि युवाहरूको सहभागिता न्यून रहेकोले उद्यमशीलता र युवाका समस्याहरू राम्रोसँग उठान नहुन सकेको उनीहरूको भनाई थियो ।

कार्यक्रममा सफल उद्यमी र नवीनतम सोचका साथ फरक किसिमको व्यवसायको थालनी गरेकाहरूलाई सम्मानित पनि गरिएको थियो । सम्मानित हुनेमा एक सय वर्षभन्दा पनि बढी समयदेखि वीरगञ्जमा नास्ता र खाजा पसल सञ्चालन गरिरहेका हँसुवा नास्ता पसल, विवाह तथा वर्तबन्धमा बाजागाजा बजाउने झूमक ब्याण्ड र चाट पसल मार्फत एउटा सफल व्यवसाय स्थापना गरेका शङ्कर चाट हाउसदेखि चिया पसल मार्फत वीरगञ्जलाई एउटा पहिचान दिलाएका बब्लु टी स्टलसम्मलाई सम्मानित गरिएको थियो । उनीहरूलाई ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्डबाट सम्मानित गरिएको एनवाइईएफका अध्यक्ष सन्दीप अग्रवालले जानकारी दिए ।

त्यस्तै नवीनतम सोचका साथ नयाँ उद्यम स्थापना गरेका थ्रिल फ्याक्ट्री, स्पोर्ट्स हाउस नेपाल, वर्ल्ड अफ वन्ड्रस, त्रिसाला रेस्टुराँ, वान ११ र माल्ट रेस्टुराँलाई ‘डेयर टू डू’ अवार्डबाट सम्मानित गरिएको सन्दीपले बताए । त्यसैगरी स्टार्टअप एण्ड इनोभेसन अवार्डबाट वीरगञ्जमा सञ्चालित इन्द्री ग्रूप प्रालिलगायत सम्मानित भएका थिए । त्यसैगरी सामाजिक सेवातर्फ मानव सेवा आश्रम, राउण्ड टेबल नेपाल, रोटरी क्लव अफ नेपाल वीरगञ्ज, रक्तदाता योगेश खनालले अवार्ड पाएका थिए ।

वीरगंजस उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मनोजकुमार दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, निवर्तमान अध्यक्ष गणेश प्रसाद लाठ, मधेस विश्वविद्यालयका उपकूलपति प्रा. डा. दीपक शाक्य लगायतको पनि उपस्थिति रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गहवामाई रथयात्राको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए स्वास्थ्य सेवा

वीरगंज । श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा शनिबार वीरगंजस्थित माईस्थान मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आगामी असार ३२...

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि एकदिने तालिम सम्पन्न

सेढवा । आदिवासी जनजाति सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित एकदिने तालिम शुक्रबार बाराको सिमरामा सम्पन्न भएको छ । मधेश प्रदेशको आमसञ्चार प्राधिकरणको आयोजना...

हैजा पूर्वतयारी सुदृढीकरणसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सञ्चालित ‘हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ र...