Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

जसपा गौर हत्याकाण्डका दोषीलाई बचाउने खेलमा लाग्यो : प्रभु साह

spot_img
spot_img

वीरगंज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जसपा गौर हत्याकाण्डका दोषीलाई बचाउने खेलमा लागेको आरोप लगाएका छन् । गौर घटनाको विषयमा शुक्रबार जसपाले आयोजना गरेको पत्रकार सम्मेलन पछि अध्यक्ष साहले एक प्रेस नोट सार्वजनिक गर्दै सो प्रतिक्रिया दिएका हुन् ।

साहले गौर हत्याकाण्डको छानबिनलाई प्रभावित पार्न जसपाले फेरि नयाँ खेल शुरू गरेको आरोप लगाएका छन् ।

साहले जारी गरेकाे विज्ञप्तिमा गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच भएको ५ बुँदे सहमतिले वर्षौदेखि ओझेलमा रहेको गौर हत्याकाण्डको छानबिन सुनिश्चित भएको र त्यसलगत्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले विभिन्न बाहना, जालझेल एवं षड्यन्त्रपूर्ण धम्की दिएको उल्लेख छ ।

घटना लगतै पुनरावेदनका बहालवाला न्यायाधीशको नेतृत्वमा बनेको उच्चस्तरीय आयोग र मानवधिकार आयोगले दिएको प्रतिवेदनलाई अस्वीकार गरेर संसदीय छानबिन समिति गठनको माग गर्ने जसपाको जनता झुक्याउने खेल भएको आरोप साहले लगाएका छन् ।

उनले २१ औ शताब्दीको कानुनी शासनको युगमा जंगलराजको मागलाई कुनै पनि हिसाबले सही मान्न नसकिने र सरकारले दण्डहिनताको अन्त्य गर्न गौर हत्याकाण्डको छानबिन गर्नै पर्नेमा जोड दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...