Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

जसपा गौर हत्याकाण्डका दोषीलाई बचाउने खेलमा लाग्यो : प्रभु साह

spot_img
spot_img

वीरगंज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जसपा गौर हत्याकाण्डका दोषीलाई बचाउने खेलमा लागेको आरोप लगाएका छन् । गौर घटनाको विषयमा शुक्रबार जसपाले आयोजना गरेको पत्रकार सम्मेलन पछि अध्यक्ष साहले एक प्रेस नोट सार्वजनिक गर्दै सो प्रतिक्रिया दिएका हुन् ।

साहले गौर हत्याकाण्डको छानबिनलाई प्रभावित पार्न जसपाले फेरि नयाँ खेल शुरू गरेको आरोप लगाएका छन् ।

साहले जारी गरेकाे विज्ञप्तिमा गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच भएको ५ बुँदे सहमतिले वर्षौदेखि ओझेलमा रहेको गौर हत्याकाण्डको छानबिन सुनिश्चित भएको र त्यसलगत्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले विभिन्न बाहना, जालझेल एवं षड्यन्त्रपूर्ण धम्की दिएको उल्लेख छ ।

घटना लगतै पुनरावेदनका बहालवाला न्यायाधीशको नेतृत्वमा बनेको उच्चस्तरीय आयोग र मानवधिकार आयोगले दिएको प्रतिवेदनलाई अस्वीकार गरेर संसदीय छानबिन समिति गठनको माग गर्ने जसपाको जनता झुक्याउने खेल भएको आरोप साहले लगाएका छन् ।

उनले २१ औ शताब्दीको कानुनी शासनको युगमा जंगलराजको मागलाई कुनै पनि हिसाबले सही मान्न नसकिने र सरकारले दण्डहिनताको अन्त्य गर्न गौर हत्याकाण्डको छानबिन गर्नै पर्नेमा जोड दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...