Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

कांग्रेस प्रचार प्रसार विभागमा पर्साबाट गुप्ता र पाैडेल मनाेनित

spot_img
spot_img

वीरगंज । नेपाली काङ्ग्रेसले मधेस प्रदेशका आठ वटै जिल्लाबाट सञ्चार तथा प्रचार प्रसार विभागमा १९ जनालाई सदस्यमा मनोनयन गरेको छ ।

पार्टीका प्रदेश सदस्य नितेश कुमार गुप्ता प्रमुख रहेको काङ्ग्रेस मधेस प्रदेश सूचना सञ्चार तथा प्रचारप्रसार विभागमा जिल्लाको जिम्मेवारीमा १९ जनालाई मनोनयन गरिएको हो ।

विभागमा पर्साबाट दुई जना परेका छन् । पर्साबाट नीलिमा पौडेल र राहुल गुप्तालाई मनोनीत गरिएको काङ्ग्रेस मधेस प्रदेशका सभापति कृष्णा यादवले जानकारी दिए । 

पौडेल नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य हुन् भने गुप्ता प्रेस युनियन मधेस प्रदेशको लेखा समिति सदस्य हुन् । काङ्ग्रेसको प्रचार प्रसार विभागको सदस्यमा सप्तरीकी जाल्पाना कुमारी सदा, सुधा देवी र ललिता साह, सिरहाका विनोद मण्डल र विन्दु सिंह, धनुषाका निरञ्जन साह र कमल साह, महोत्तरीका सन्तोष सिंह र हदिस खुदारलाई मनोनीत गरिएको छ ।

यस्तै सर्लाहीका निकेश त्रिपाठी, रोशन कुमार साह, रौतहटका सागर हुमागाईँ, प्रभात कुमार झा र राजेश्वर पाण्डे, बाराका सन्दीप यादव, सिकिन्द्र पासवान र अञ्जलि गुप्तालाई पनि मनोनयन गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...