Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

रोटर्‍याक्ट क्लबकाे पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । रोटर्‍याक्ट क्लब अफ वीरगंज मेट्रोपोसिलसको सातौँ पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । आगामी वर्षका २०२३/२४ का लागि रेशु अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै क्लबको पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

अग्रवालको नेतृत्वमा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा दिपु वर्णवाल र रोहित गुप्ता, सचिवमा रामबिनय यादव, सह-सचिवमा अञ्जली गार्ग र पुष्पा गुप्ता, कोषाध्यक्षमा रौनक तुल्सयान, सह-कोषाध्यक्षमा आनन्द साह, सदस्यमा शेख अजरुदीन, आभा मण्डल, प्रकृति ठाकुर, सलोनी रौनियारलगायतका रहेका छन् ।

त्यस्तै क्लबको सर्भिस डाइरेक्टरमा राधिका दारुका, कम्युनिटी सर्भिस डाइरेक्टरमा रिङ्की सर्राफ, प्रोफेसनल सर्भिस डाइरेक्टरमा कुसुम गुप्ता, इन्टरनेशनल सर्भिस डाइरेक्टरमा बिना प्रजापति र सर्जेन्ट एट आमर्समा प्रतिभा चौधरी चयन भएका छन् ।

वीरगञ्जस्थित मकालु होटेलमा सम्पन्न कार्यक्रममा अध्यक्ष अग्रवालसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई पदस्थापन गरिएको थियो । नयाँ कार्यसमितिकी अध्यक्ष अग्रवाललाई प्रमुख अतिथिसमेत रहेका रोटरी डिस्ट्रिक्ट ३२९२ को सहायक गभर्नर शशी रञ्जन कलवारले शपथ ग्रहण गराएका थिए भने अध्यक्ष अग्रवालले क्लबका पदाधिकारी र हरि गोपाल श्रेष्ठले अन्य सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए ।

शपथ ग्रहण पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त अध्यक्ष अग्रवालले आगामी वर्ष २०२३/२४ मा रोटर्‍याक्ट क्लब वीरगञ्ज मेट्रोपोलिसले सामाजिक र रचनात्मक कार्यलाई प्राथमिकता दिने बताइन ।

त्यसै गरी कार्यक्रममा वर्ष २०२२ /२३ का अध्यक्ष रबिनले श्रेष्ठले आफ्नो कार्यकालमा गरेका गतिविधिका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुका साथै विभिन्न क्षेत्रबाट संस्थालाई सहयोग गर्ने पदाधिकारीहरू प्रति आभार प्रकट गरेका थिए ।

क्लबमा रहेर विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउने व्यक्तिहरूलाई पनि उनले सम्मानित गरेका थिए । सम्मानित हुनेमा दिपु वर्णवाल, रोहित गुप्ता, रामविनय यादव, अञ्जली गार्ग, रौनक तुल्स्यान, आन्नद साह, रेशु अग्रवाल, राधिका दारुका, बिना प्रजापती, प्रकाश कुमर कर्ण, अमित सर्मा, प्रतिभा चौधरी, आलोक कुमार ठाकुर, रिङ्की सर्राफ, कुसुम गप्ता, सलोनी रौनियार, मधु प्रजापति र निकीता उपाध्याय रहेका छन् ।

यसैगरी रोटर्‍याक्ट अफ द इयर २०२२/२३ को उपाधिबाट रामविनय यादव सम्मानित भएका थिए ।

कार्यक्रममा रोटरी क्लब अफ वीरगंज मेट्रोपोसिलसका अध्यक्ष रोटेरियन हरी गोपाल श्रेष्ठ, मुकेश मित्तल, राजकिसोर कुमार, रोटर्‍याक्ट युनाईटेड वीरगंज, रोटर्‍याक्ट वीरगंज तथा रोटर्‍याक्ट सिमरा बारा, इन्टेरेक्ट क्लब अफ गौतम सेकेन्डरी स्कूल र इन्टेरेक्ट क्लब अफ डिएभी सेकेन्डरी स्कुलका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...