Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

खेलकुद पत्रकार महासंघ पर्साको नाम संशोधन, महासंघकाे ठाउँमा मंच रहने

spot_img
spot_img

वीरगंज । नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाको प्रथम बैठक आइतबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा खेलकुद पत्रकार महासंघको प्रथम बैठक सम्पन्न भएको हो ।

नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष तिवारी यादवको अध्यक्ष्तामा बसेको बैठकले विभिन्न तीन महत्वपुर्ण निर्णय गरेको महासंघका सचिव श्याम कुशवाहाले जानकारी दिए । उनका अनुसार नेपाल खेलकुद पत्रकार महासंघ पर्साको नाम संशोधन गरी नेपाल खेलकुद पत्रकार मन्च पर्सा राख्ने निर्णय गरेको हो ।

यस्तै अगामी एक महिना भित्र एउटा खेलकुद प्रतियोगीता गर्ने र अगामी २ महिना भित्र प्रथम जिल्ला अधिवेशन गरीने निर्णय भएको उनले बताए ।

बैठकमा नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाकी उपाध्यक्ष सुष्मा शर्मा, सचिव श्याम कुशवाहा, कोषाध्यक्ष सन्तोष पटेल, सदस्य अर्जुन गुप्ता सहितका सदस्यहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...