Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

अनेरास्ववियु इन्चार्जको जिम्मेवारी बहन गर्न सकिदैन : बन्जारा

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले नेकपा एमाले पर्साले दिएकाे विद्यार्थी इन्चार्जको जिम्मेवारीबाट अस्वीकार गरेका छन्।

बन्जाराले यहि साउन १८ गते नेकपा एमालेका जिल्ला अध्यक्ष डा.बिश्वम्भर शर्मालाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन्। पार्टीले दिएकाे विद्यार्थी इन्चार्जको जिम्मेवारी अस्वीकार रहेकाे र त्याे जिम्मेवारी आफुले वहन गर्न नसक्नेले राजीनामा दिएकाे बन्जाराले बुझाएको राजीनमा पत्रमा उल्लेख छ।

राजिनामा पत्रमा बन्जाराले लेखेका छन् -नेकपा एमालेको हालै सम्पन्न बैठकले मलाई अनेरास्वबियुको इन्चार्जको जिम्मेवारी दिएको पाए । जिम्मेवारी तोक्ने काम प्रति धन्यवाद ज्ञापन गर्दछु । तर अहिले म फरक जिम्मेवारीमा क्रियाशिल रहेकोले त्यो जिम्मेवारी वहन गर्न नसक्ने जानकारी गराउँछु ।

बन्जारा नेपाल पत्रकार महासंघकाे मधेस प्रदेशका महासचिव हुन् । पत्रकार महासंघले तय गरेको मापदण्डलाई कार्यान्वयन गर्ने स्थानमा रहेकोले पनि नेकपा एमालेले तोकेको जिम्मेवारीमा बसेर काम गर्न नसक्ने उनको भनाई छ । बन्जाराले अनेरास्ववियुको इन्चार्जको भूमिका स्वीकार गर्न नस्कने जनाउँदै इन्चार्जबाट राजीनामा दिएको बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...