Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बिन्दवासिनी गाउँपालिकाकाे बजेट रु ३१ करोड ३ लाख

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दबासिनी गाँउपालिकाले १३ औं गाउँ सभामा आर्थिक बर्ष २०८०/०८१ काे रु ३१ करोड ३ लाख ३४ हजार बराबरकाे नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ । गाउँपालिका अध्यक्ष प्रमाेद तिवारीकाे अध्यक्षतामा भएकाे  १३ औं गाउँ सभामा उपाध्यक्ष ज्योती चौधरीले साे रकम बराबरकाे नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन ।

 बिन्दबासिनी गाउँपालिका कार्यालयको सभाहलमा भएकाे कार्यक्रममा वाेल्दै गाउँपालिका अध्यक्ष तिवारीले राजनितिकर्मीको निति लिएर बिकास कार्य गर्नुभन्दा समाजसेवी भएर बिकासको बाटोमा लाग्नु आवश्यक रहेको बताए । उनले बिकास कार्यमा बाधा अवरोध नगर्न अनुरोध गर्दै एकता बनाएर बिकासको बाटोमा लागे समृद्ध गाउँपालिका बनाउन सकिने बताए ।

आगामी आबको निति अन्तर्गत बिन्दबासिनी गाँउपालिकामा कृषि, सिचाई तर्फ बिषेश बजेट राखिएकाे जनाएकाे छ । कृषि भएमा शिक्षा र स्वास्थ्य लगायत अन्य बिकास सम्भव रहेको उनले बताए । सबै भन्दा पहिला किसानहरु लागि कृषि पोल तार जडानको साथै कृषि मीटर निशुल्क बितरण कार्यक्रम जरुरी रहेकाे उनकाे भनाई थियाे ।

शिक्षा, स्वास्थ्य, पर्यटन प्रबर्द्धन र महिला बालबालिकाको हितमा काम गर्ने मूख्य प्राथमिकतामा राखेको गापा अध्यक्ष तिवारीले जनाए । गुणस्तर शिक्षाका लागि कतिपय नयाँ कार्यक्रम थप्प गरिएका छन । एक वडा एक माध्यमिक बिद्यालयको अवधारणा ल्याई हरेक, जाती, धर्म तथा समूदायका बालबालिकाहरुलाई शिक्षामा अनिवार्य पहुच गराउने निति ल्याएकाे उनले वताए ।

बिद्यालयमा रहेका बिद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी सर्वसाधारणहरुमा गुणस्तर शिक्षा प्रदान गरिने निति रहेका छन । भने मुख्य नीति २ वटा +२ विद्यालय सञ्चालन , १ वटा बर्थिङ सेन्टर सञ्चालन र कृषि मीटरको महशुल निशुल्क गरिने अध्यक्ष तिवारीले बताए ।

यसका साथै उन्नत पशुपालन, पशु बिमा, बाली बिमा, गोठ तथा भकारी सुधार कार्यक्रम संचालन गरिने पनि बताए । साथै एमबिबिएस अध्ययन छात्रवृत्ति, निशुल्क लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा लागि निरन्तरता दिइएको अध्यक्ष तिवारीले बताए । यसैगरी सिंचाई व्यवस्थापन, खानेपानी ट्यांकीलाई सञ्चालनमा ल्याउने नीति रहेको उनले बताए ।

प्रस्तुत बजेट अनुसार चालु आ.व. २०८०/८१ को लागि नेपाल सरकारकाे वित्तीय हस्तान्तरण  २९ कराे ३७ लाख ६४ हजार ८ सय,  प्रदेश सरकारकाे वित्तीय हस्तान्तरण रु ६५ लाख,आन्तरिक राजस्व र गत आ.व। मौज्दात रु एक कराेड ७० हजार रहेकाे छ ।

व्यय तर्फ गाउँपालिका स्तरीय भौतिक पूर्वाधार योजना रु २ कराेड ८३ लाख, वडा स्तरीय आयोजना ३ कराेड ७५ लाख, गत आ.व.को दायित्व, विषयगत शाखागत बजेट, विभिन्न कोषहरू समेत रु ४ कराेड ८० लाख ७० हजार छुट्याइएकाे उपाध्यक्ष चाैरसियाले वताइन ।

गाउँ सभामा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत राकेश ओझा, वडाध्यक्ष अछेलाल महतो, मुक्ति राउत कुर्मी, जयप्रकाश चौरसिया, अनोज कुमार चौरसिया, मोहन यादव, कार्यपालिका सदस्य, वडा सदस्य लगायतले शुभकामाना मन्तव्य व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...