Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

कडेल आत्महत्याका कारक रुङ्गटा जेल चलान

spot_img
spot_img

वीरगंज। चितवनका व्यवसायी एवं नेपाली कांग्रेसका नेता शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका प्रदीप रुङ्गटा पुर्व पक्षका लागी थुनामा गएका छन् ।

जिल्ला अदालत चितवनका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको बिहिबारको आदेशले रुङ्गटा जेल चलान भएका श्रेष्तेदार इश्वर आचार्यले बताए ।

कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए ।

रुङगटा वीरगंजको प्रसिद्ध रुङ्गटा एम्पाएरका सदस्य हुन । रुङग्टाले ८५ प्रतिशत शेयर खरिद गरेपछि कडेललाई निकै अपमानपूर्ण ब्यवहार गरेको स्थानीयको भनाई छ ।

लामो सघर्ष श्रम र पसिना खर्चिएर बनाएको औधोगिक प्रतिष्ठानमा रुङगटाको प्रवेश पछि कडेल कर्मचारीमा सिमित बनाइएका थिए । रुङ्गटाको अपमानपूर्ण ब्यवहार कार्यशैलीका कारण नै कडेलले मृत्युको बाटो रोज्नु परेको स्थानीयको भनाई छ ।

यद्धपी रुङगटा पूर्पक्षकालागि चेल चलान हुने भएपछि बेहोस भएका थिए । उनलाई उपचारको लागि भरतपुर अस्पतालमा भर्ना गरिएको छ ।

व्यवसायी कँडेल वैशाख १९ गते अनमोल फिडको कार्यालय वेलचोकमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको मृत्युपछि परिवारले रुङ्गटा र जीवन रावलविरुद्ध किटानी जाहेरी दिएको थियो । रावललाई प्रहरीले वैशाख २२ गते पक्राउ गरी चितवन ल्याएको थियो ।

उनी उच्च अदालतको आदेशबाट धरौटीमा रिहा भएका छन् । कँडेलको मृत्युपछि रुङ्गटा फरार रहँदै आएका थिए । रावल रिहा भएपछि सेटिङमा रिहा हुने बिश्वस्त भएपछि रुङ्गटा अदालतमा हाजिर भएका थिए । तर उनको सेटिङ फेल खाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...