Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

कडेल आत्महत्याका कारक रुङ्गटा जेल चलान

spot_img
spot_img

वीरगंज। चितवनका व्यवसायी एवं नेपाली कांग्रेसका नेता शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका प्रदीप रुङ्गटा पुर्व पक्षका लागी थुनामा गएका छन् ।

जिल्ला अदालत चितवनका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको बिहिबारको आदेशले रुङ्गटा जेल चलान भएका श्रेष्तेदार इश्वर आचार्यले बताए ।

कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए ।

रुङगटा वीरगंजको प्रसिद्ध रुङ्गटा एम्पाएरका सदस्य हुन । रुङग्टाले ८५ प्रतिशत शेयर खरिद गरेपछि कडेललाई निकै अपमानपूर्ण ब्यवहार गरेको स्थानीयको भनाई छ ।

लामो सघर्ष श्रम र पसिना खर्चिएर बनाएको औधोगिक प्रतिष्ठानमा रुङगटाको प्रवेश पछि कडेल कर्मचारीमा सिमित बनाइएका थिए । रुङ्गटाको अपमानपूर्ण ब्यवहार कार्यशैलीका कारण नै कडेलले मृत्युको बाटो रोज्नु परेको स्थानीयको भनाई छ ।

यद्धपी रुङगटा पूर्पक्षकालागि चेल चलान हुने भएपछि बेहोस भएका थिए । उनलाई उपचारको लागि भरतपुर अस्पतालमा भर्ना गरिएको छ ।

व्यवसायी कँडेल वैशाख १९ गते अनमोल फिडको कार्यालय वेलचोकमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको मृत्युपछि परिवारले रुङ्गटा र जीवन रावलविरुद्ध किटानी जाहेरी दिएको थियो । रावललाई प्रहरीले वैशाख २२ गते पक्राउ गरी चितवन ल्याएको थियो ।

उनी उच्च अदालतको आदेशबाट धरौटीमा रिहा भएका छन् । कँडेलको मृत्युपछि रुङ्गटा फरार रहँदै आएका थिए । रावल रिहा भएपछि सेटिङमा रिहा हुने बिश्वस्त भएपछि रुङ्गटा अदालतमा हाजिर भएका थिए । तर उनको सेटिङ फेल खाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...