Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

पर्सालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने निर्णय

spot_img
spot_img

वीर‍गंज । जिल्ला समन्वय समिति पर्सामा बुधबार जिल्ला विपद् व्यवस्थापन समिति पर्साकाे बैठक सम्पन्न भएकाे छ । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीकाे अध्यक्षतामा बसेकाे बैठकले पर्सा जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेकाे छ ।

बैठकमा पर्सा जिल्लामा खानेपानीको मुख्यस्रोतको रुपमा प्रयोग हुँदै आएका चापाकलहरु लामो समयदेखि पानी नपरेकोले सुक्न गई खानेपानीको अत्यन्तै अभाव हुन गएको र आकाशे खेतीमा आधारित पर्साको कृषि कार्य बर्षा नहुँदा तथा परम्परागत रुपमा सिंचाईको स्रोतको रुपमा प्रयोग हुँदै आएका नदी, कुलो, पोखरी, बोरिङ लगायतका मुहानहरु समेत सुक्न गई सिंचाई सुविधाको अभाव भएकाेले सुख्खा ग्रस्त क्षेत्र घाेषणा गर्न सिफारिस गर्न सर्वसमहत निर्णय गरेकाे हाे ।

पर्सा जिल्लामा खानेपानीकाे अभाव भएकाे र लामाे समयदेखि प्रयाप्त मात्रमा बर्षा नहुँदा हालसम्म अधिकांश क्षेत्रमा रोपाई समेत नभएको र कतिपय स्थानमा रोपाई भएका खेतहरु समेत सुक्न गई उत्पादन नहुने अवस्था सृजना भएकोले जिल्लाका स्थानीय विपद् व्यवस्थापन समितिहरु र जिल्ला समन्वय समिति, पर्सामा भएको सर्वपक्षीय बैठकको मांग सिफारिसको आधारमा पर्सा जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने सर्वसहमत निर्णय भएकाे जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन प्रसाद साेनारले वताए ।

साथै पानीको वर्तमान समस्यालाई तत्काल र दीर्घकालीन रुपमा समाधान गर्न नेपाल सरकार, प्रदेश सरकार र विकास निकायहरुलाई राहत तथा सहयोगको लागि अनुरोध गर्ने बैठकले सर्वसहमतीबाट निर्णय गरियो उनका स्वकिय सचिव हरिन्द्र साले जानकारी दिए ।

बैठकका प्रतिनिधि सभा सदस्य अजय कुमार चाैरसिया, प्रदेश सभा सदस्य श्याम पटेल, प्रमाेद जयसवाल, विना कुमारी शर्मा, जिल्ला समन्वय समिति पर्साका उप प्रमुख पुरन प्रसाद कुर्मी, पाेखरिया नगरपालिकाका मेयर प्रधुमन चाैहान, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, पर्सागढी नगरपालिकाका मेयर गाेकर्ण पाठक, सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ठ कुमार गुप्ता, धाेबिनी गाउँपालिकाका अध्यक्ष मदन चाैहान, विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमाेद तिवारी, ठारी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ लगायतकाे उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरियाको बसन्तपुर विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजारको सहयोग परियोजना स्वीकृत

वीरगंज । पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना...

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी...

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु...