Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

नगवाका राैनककाे हत्या भएकाे परिवाजनकाे दाबी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ नगवाका ३० वर्षीय रौनक वर्णवालको हत्या भएको पिरवाजनले आरोप लगाएका छन् । परिवारजनले साेमबार पत्रकार सम्मेलन गर्दै राैनककाे हत्या उनकी श्रीमती र सालाेले नै गरेकाे आराेप लगाएका हुन् । 

आत्महत्या गरेको भनिएपनि दाई राैनककाे उनकै श्रीमती प्रकिंता वर्णवाल र सालो प्रयुक्त बर्णवालले मिलेर हत्या गरेको रौनकका भाई रबि वर्णवालकाे आरोप छ । वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्सामा आयाेजित पत्रकार सम्मेलनमा वाेल्दै रविले केही समय पहिलादेखि नै दाई र भाउजाे प्रकिंता बिच विदा हुँदै आएकाे वताए ।

झुण्डिएर मृत्यु हुने व्यक्तिको शरीरको अन्य भागमा चोटपटक नहुने तर आफ्नो भाइको खुट्टा र चिउँडोमा चोट लागेको देखिएकाले उनको हत्या गरिएको रविको भनाई छ ।

पर्सा प्रहरीले किटानी जाहेरी लिन नमानेको पनि पत्रकार सम्मेलनमा रविले गुनासो गरे । आफ्नो भाइको मृत्यु कसरी भयो भन्नेबारे प्रहरीले पनि चासो नदिएको पत्रकार सम्मेलनमा रविले बताए । दाईकाे मृत्युकाे कारण बारे निश्पच्छ छानविन हुनु पर्ने हाम्राे माग रहेकाे उनले वताए । 

घरमा काेइ नभएकाे बेला राैनकले साउन ७ गते झुन्डिएर आत्महत्या गरेकाे उनकी श्रीमती प्रकिंताले आफुलाई फाेन गरेकाे भनेकाे राैनकका बुवा भुषणले वताए । त्यसपछि घरमा पुग्दा झुन्डिएकाे अवस्थामा नभई उनी तल्ल भुंईमा रहेकाे वताउँदै अस्पताल भर्ना गर्दा अस्पतालले दुई दिनपछि साउन ९ गते मात्र मृत्य घाेषण गरेकाे वताए ।

मृतक रौनकको घरमा श्रीमान् श्रीमती र उनको बुवा बस्दै आएका थिए । मृतक राैनक हिमालय लाइफ इन्सुरेन्समा कार्यरत थिए भने उनकी श्रीमती प्रकींता एनआइसी बैंकमा कार्यरत रहेकी छन् । दुबै जनाकाे १५ महिना पहिला मात्र विवाह भएकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...