Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

नगवाका राैनककाे हत्या भएकाे परिवाजनकाे दाबी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ नगवाका ३० वर्षीय रौनक वर्णवालको हत्या भएको पिरवाजनले आरोप लगाएका छन् । परिवारजनले साेमबार पत्रकार सम्मेलन गर्दै राैनककाे हत्या उनकी श्रीमती र सालाेले नै गरेकाे आराेप लगाएका हुन् । 

आत्महत्या गरेको भनिएपनि दाई राैनककाे उनकै श्रीमती प्रकिंता वर्णवाल र सालो प्रयुक्त बर्णवालले मिलेर हत्या गरेको रौनकका भाई रबि वर्णवालकाे आरोप छ । वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्सामा आयाेजित पत्रकार सम्मेलनमा वाेल्दै रविले केही समय पहिलादेखि नै दाई र भाउजाे प्रकिंता बिच विदा हुँदै आएकाे वताए ।

झुण्डिएर मृत्यु हुने व्यक्तिको शरीरको अन्य भागमा चोटपटक नहुने तर आफ्नो भाइको खुट्टा र चिउँडोमा चोट लागेको देखिएकाले उनको हत्या गरिएको रविको भनाई छ ।

पर्सा प्रहरीले किटानी जाहेरी लिन नमानेको पनि पत्रकार सम्मेलनमा रविले गुनासो गरे । आफ्नो भाइको मृत्यु कसरी भयो भन्नेबारे प्रहरीले पनि चासो नदिएको पत्रकार सम्मेलनमा रविले बताए । दाईकाे मृत्युकाे कारण बारे निश्पच्छ छानविन हुनु पर्ने हाम्राे माग रहेकाे उनले वताए । 

घरमा काेइ नभएकाे बेला राैनकले साउन ७ गते झुन्डिएर आत्महत्या गरेकाे उनकी श्रीमती प्रकिंताले आफुलाई फाेन गरेकाे भनेकाे राैनकका बुवा भुषणले वताए । त्यसपछि घरमा पुग्दा झुन्डिएकाे अवस्थामा नभई उनी तल्ल भुंईमा रहेकाे वताउँदै अस्पताल भर्ना गर्दा अस्पतालले दुई दिनपछि साउन ९ गते मात्र मृत्य घाेषण गरेकाे वताए ।

मृतक रौनकको घरमा श्रीमान् श्रीमती र उनको बुवा बस्दै आएका थिए । मृतक राैनक हिमालय लाइफ इन्सुरेन्समा कार्यरत थिए भने उनकी श्रीमती प्रकींता एनआइसी बैंकमा कार्यरत रहेकी छन् । दुबै जनाकाे १५ महिना पहिला मात्र विवाह भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...