Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाई गापा र युवा संगठनहरु बीच छव बुँदे सहमति

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका र संयुक्त युवा संगठनहरु बीच छव बुँदे सहमति भएको छ । गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता र कालिकामाई युवा समाज, नेवि संघ कालिकामाई गाउँपालिका तथा टिनडाेबिया युवा क्लब बिच साेमबार लिखित सहमती भएकाे हाे ।

युवाहरुको छड्के अनुगमनमा फेला परेका शिक्षा तथा स्वास्थ्यको समस्याहरु पहिलो प्राथमिकतामा राखी सम्बोधन गर्ने, निजी श्रोतका शिक्षकहरुको तलब समयमा उपलब्ध गराउने, सामुदायिक विद्यालयहरुमा रहेकाे बेन्च, डेस्कको अभावलाई परिपूर्ति गर्ने, दरखास्त आवहान गरे शिक्षक भर्ती गर्ने, हरेक कक्षाकोठामा पंखा जडान गर्ने, विद्यार्थीको अनुपातमा भौतिक संरचना निर्माणको लागि आवश्यक पहल गर्ने‍, विद्यालय व्यवस्थापन समिति गठनको लागि पत्रचार गर्ने सहमती भएकाे कालिकामाई युवा समाजका बुलट तिवारीले वताए । 

त्यसैगरी पालिका अन्तर्गतको स्वास्थ्य शाखाहरु व्यवस्थित बनाउने, विकाश कार्यमा अनियमितता भएको गुनासोलाई मध्यनजर गर्दै उक्त कार्यको अनुगमन गरी दोषीलाई कारवाही गर्ने, युवा संगठनहरु स्वतन्त्र मानसिकताका साथ विकशित पालिका निर्माणका निम्ति पलिकालाई सहयोग गर्ने, कर्मचारी, प्रतिनिधि र युवाहरु आत्मसाथ गरि विकाश कार्यकोलागि अगाडि बढ्ने र धार्मिक तथा सामुदायीक जग्गा अतिक्रमण गर्नेहरूको छानबिन गर्ने पनि सहमती भएकाे कालिकामाई युवा समाजका तिवारीले जानकारी दिए ।

मिति २०८०/०३/२४ गते संयुक्त युवा संगठनहरुले बुझाएको संयुक्त विज्ञप्ति र उक्त विज्ञप्तिलाई लिएर मिति २०८०/०३/३१ गतेको गाउँसभामा उत्पन्न विवादलाई मध्यनजर गर्दै स्वच्छ र समृद्ध पालिका निर्माणमा युवाहरुको साथ र सहयोग अति आवश्यक भएको हुनाले संयुक्त युवा संगठनहरु र कालिकामाई गाउँपालिका बिच सुमधुर सम्बन्ध कायम गरी विकशित पालिका निर्माणका निम्ति आत्मसाथ गरि अगाडि बढ्न सहमति भएकाे जनाइएकाे छ ।

सहमती पत्रमा गाउँपालिकाकाे तर्फबाट गाउँपालिका अध्यक्ष वशिष्ठ कुमार गुप्ता र युवा संगठनकाे तर्फबाट कालिकामाई युवा समाजका अध्यक्ष आकाश चौरसिया, नेवि संघ कालिकामाई गाउँपालिका अध्यक्ष राजेश कुशवाहा र टिन्डाेबिया युवा क्लबका अध्यक्ष कृष्णा पटेलले हस्ताक्षर गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...