Date
आइत, भदौ ७, २०८३
Sun, August 23, 2026

नेवा देय् दबू महानगरद्वारा स्वास्थ्य शिविर संचालन

spot_img
spot_img

वीरगंज  । नेवा देय् दबू बिरगंज महानगर समितिले वीरगंज महानगरपालिकाकाे वडा नम्बर ४ को कार्यालयमा आयोजना गरेको महिलाहरुको पाठेघर सम्बन्धि निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा ७४ महिलाले चेकजाँच गराएका छन l 

नारायणी अस्पतालको सहयोगमा संचालन भएको स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै बिरगंजकी समाजसेवीका अन्नपुर्ण मानन्धरले महिलाहरु स्वस्थ भए मात्रै परिवार र समाजको स्वास्थ्य सुधार हुनेमा जोड दिइन l उनले नेपाली महिलाहरुमा पाठेघरको मुखको हुने क्यान्सरले बिकराल रुप लिरहेको भन्दै समयमै महिलाहरु आफ्नु स्वास्थ्य प्रति सचेत हुनुपर्ने कुरामा समेत जोड दिइन l

स्वास्थ्य शिविरमा चेकजाँचको क्रममा महिलाहरुमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने लगायतको समस्या भेटिएको नारायणी अस्पतालकी स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. दिप्ती यादवले जानकारी दिइन l पाठेघरको मुखको क्यान्सर स्क्रिनिंग(भिआइए ) परीक्षण गराएका मध्ये १२ जनामा पाठेघर सम्बन्धी समस्या देखिएकाले थप उपचारका लागि नारायणी अस्पताल आउन सल्लाह दिएको उहाँले बताइन l

शिविरमा नारायणी अस्पतालकी स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. प्रिती यादव, डा. दिप्ती यादव, डा. मिता महर्जनले संयुक्तरुपमा महिलाहरुको चेकजाँच गरेका थिए l

पाठेघर सम्बन्धि निशुल्क स्वास्थ्य शिवीर बिशेष गरी गाउँघरमा हुने गरेको हुदा सहरी क्षेत्रमा समेत यसको आवश्यकतालाई मध्य नजर गर्दै बिरगंजमा यो शिविरको आयोजना गरिएको नेवा देय दबू बिरगंज महानगर समितिका अध्यक्ष सत्यम खड्गीले जानकारी दिए l उनले पाठेघरमा हुने क्यान्सरको कारण महिलाहरुले ज्यान गुमाउनु परेको भन्दै यही बिकराल समस्या केही न्यूनीकरण होस भन्ने उद्देश्य लिएर शिविरको आयोजना गरेको बताए l

नारायणी अस्पतालकी प्रसुती गृहकी नर्सिङ्ग इन्चार्ज हेमा थापाले पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको बिषयमा जानकारी गराएकि थिइन l उनले गाउँघरमा महिलाहरु स्वास्थ्य अज्ञानताको कारण र सहरी क्षेत्रमा भने जानकारी भएर पनि चेकजाँचका लागि समय नभएको कारण यो रोगबाट पिडीत हुने गरेको बताइन l थापाले यसबाट जोगिन बेलाबेलामा पाठेघरको समस्या चेकजाच गर्न आग्रह समेत गरिन l

शिविर कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डा. चितरजन शाह, बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. चौधरी लगायतको उपस्तिथी रहेको थियो l शिबिरमा उपचार पश्चात निशुल्क औषधि समेत वितरण गरिएको थियो l

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...