Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

मानवअधिकार समाजद्वारा निःशुल्क सुगर शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । स्वतन्त्र मानवअधिकार समाज, केन्द्रीय कार्यालय वीरगंजकाे आयाेजनामा शनिबार घडिअर्वा पोखरि परिसरमा निःशुल्क सुगर शिविर सम्पन्न भएकाे छ ।

पर्सा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल र शिव प्रसाद लम्सालले सुगर चेकजाँच गराएर शिविरको शुभारम्भ गरेका थिए ।

विशेष गरि उच्च रक्त चाप र मधुमेहको रोकथामका लागि आयोजित शिविरमा ७२ पुरुष र ३० महिला गरि एक सय २ जनाले सुगर परिक्षण गराएकाे समाजका सभापति कृष्ण कुमार खनालले जानकारी दिए ।

शिविरमा नारायणी अस्पतालका मेडिकल फिजिसियन डाक्टर उदय नारायण सिंहले बिरामीहरुको चेकजाँच गरेका थिए । 

शिविरमा समाजका उपसभापति नन्दि किशोर यादव, माहासचिव दिपक साह कानु, कोषाध्यक्ष उर्मिला कुशवाहा, सचिव आशिष कुमार, सह-कोषाध्यक्ष राम भरोस यादव, सल्लाहकार प्रकाश कुमार गुप्ता (मुन्ना ), केन्द्रीय सदस्यहरु संदिप चौरसिया, लालबाबु प्रसाद गुप्ता लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...