Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरमा मन्त्री रिजालकाे प्रमुख आतिथ्यतामा वृक्षाराेपण

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा न .४ सुहपुर सोहरीमा शनिबार वृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ । संघिय सरकारका उद्याेग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बिरुवा राेपेर कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री रिजालले मानव जिवनमा बाेट विरुवाकाे महत्व धेरै भएकाे वताए । उनले बनजंगल संरक्षण गर्नुकाे साथै गाउँ घरमा रुपेर संरक्षण गर्नु पर्ने वताए ।  

जगारनाथपुर गाउँपालिकाको वन तथा वातावरण शाखाको सहयोग र सुहपुर सोहारी हरियाली वन व्यवस्थापन समुह जगरनाथपुर ४ पर्साकाे आयाेजनामा समृद्धिका लागि वन परियाेजना अन्तर्गत वृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे हाे ।

सोहरीको वन लगाउने ठाउँमा सागवान, शिरीष, सपेता, बकायन, कदम, निम, बेल, पिपल, बर्गज, भिलोर, जंगली बिरुवा, जडिबुटी, आँप, जामुन, आवला लागायत विभिन्न प्रजातिका ६ हजार बिरुवा रोपिएकाे गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले जानकारी दिए ।

समुहका अध्यक्ष ब्रिजेश प्रसाद यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव,नेपाली कांग्रेसका नेता बशिष्टनारायण प्रसाद कुर्मी, वडा अध्यक्ष प्रभुनाथ प्रसाद नुनिया, बिहारी महताे, लक्ष्मी साह, सुभाष कुमार यादव लगायतकाे उपस्थिति रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...