Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

जिराभवानीकाे रु ३० कराेड ३१ लाख बराबरकाे बजेट सार्वजनिक

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकाले १२ औं गाउँ सभाबाट पारित आर्थिक बर्ष २०८०/०८१ काे बजेट तथा कार्यक्रम शुक्रबार एक कार्यक्रमकाे बिच सार्वजनिक गरेकाे छ ।

गाउँपालिका अध्यक्ष अनाेज चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रेखा चाैधरीले चालु आ.व.काे रु ३० कराेड ३१ लाख ४८ हजार बराबरकाे विनियाेजित बजेट प्रस्तुत गरेकी थिइन । 

उनले प्रस्तुत गरेकाे बजेट अनुसार आम्दनी तर्फ नेपाल सरकारबाट प्राप्त अनुदान वित्तिय समानिकरण रु ९ कराेड ४२ लाख, सर्शत चालु रु ११ कराेड २४ लाख, सर्शत पुंजिगत रु ९० लाख, विशेष अनुदान एक कराेड र समपुरक अनुदान रु ५० लाख र राजश्व बाँडफाड रु ५ कराेड ४५ लाख रहेकाे छ ।

यसगरी प्रदेश सरकारबाट प्राप्त अनुदान वितिय समानिकरण रु ६५ लाख ४८ हजार, विशेष अनुदान रु ३० लाख र समपुरक अनुदान रु २० लाख रहेकाे छ भने आन्तरिक आय रु ५० लाख र आन्तरिक राजश्व रु १५ लाख रहेकाे छ । 

उपाध्यक्ष चाैधरीले खर्चमा पुंजिगत तर्फ कृषि विकास तथा पशु सेवामा रु ५० लाख, शिक्षा क्षेत्र विकासमा रु एक कराेड १२ लाख, स्वास्थ्य क्षेत्र विकासमा रु ५० लाख, मर्मत सम्भार काेषमा रु ५० लाख, सम्पुरक काेष रु ५० लाख, भैपरी आउने पुंजिगत खर्च रु ४० लाख, गाउँपालिकाकाे प्रमुख सडक मर्मत रु ४० लाख, बृक्षाराेपण रु १० लाख, सडक बत्ती खरिद रु १० लाख, महिलाहरुकाे क्षमता विकास तथा जनचेतना कार्यक्रम रु २० लाख, खेलकुद विकास रु १५ लाख, न्यायिक समिति व्यवस्थापन रु ५ लाख बजेट छुट्याएकाे वताइन ।

यसैगरी वडा स्तरिय याेजनाहरुकाे लागि रु २ कराेड, गत आ.व.काे भुक्तानी गर्नु पर्ने वाकी रु एक कराेड ४८ लाख, गत आ.व.काे आन्तरिक भुक्तानी गर्नु पर्ने वाकी रु एक कराेड २६ लाख, कृषी पाेल तथा तार जडान रु एक कराेड २५ लाख, कृषकहरुकाे कृषि माेटर खरिद तथा वितरण कार्यक्रमकाे लागि रु २५ लाख र विपद व्यवस्थापनकाे लागि रु १० लाख विनियाेजन गरेकाे जानकारी दिइन ।

उनले चालु तर्फ चालु खर्च रु ५ कराेड ४४ लाख ४८ हजार र नेपाल सरकारकाे सर्शत कार्यक्रममा रु १४ कराेड एक लाख विनियाेजन गरेकाे वताइन ।

गाउँपालिकाकाे वडा नं. ३ स्थित बरात भवनमा भएकाे कार्यक्रममा डा. बालकृष्ण चाैधरी, प्रदेश सभा सदस्य शंकर चाैधरी, प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरी, सबै वडाका वडाध्यक्ष, गाउँ सभा सदस्य, गाउँपालिकाका कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी, स्थानिय लगायतकाे सहभागिता रहेकाे थियाे ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...