Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

रौतहटमा रु ५० हजारमै ३ वर्षे प्राविधिक शिक्षा

spot_img
spot_img

वीरगंज । रौतहटमा अबदेखी बिद्यार्थीहरु रु ५० हजारमै ३ वर्षे प्राविधिक शिक्षा अध्ययन गर्न पाउने भएका छन । रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. ११ स्थित रहेको जय किसान बहु-प्राविधिक शिक्षालय धरहरीले रु ५० हजारमा प्राविधिक शिक्षा अध्ययन गराउन थालेकाे हाे ।

विगत ८ बर्षदेखी अध्य्यन अध्यापन गराउँदै शिक्षालयले अहिलेसम्म लिदै आएको प्रति विद्यार्थी रु ९८ हजार शुल्क लिदै आएकाे थियाे । यस बर्षदेखि घटाएर ३ बर्षे काेर्षकाे रु ५० हजार मात्र शुल्क निर्धारण गरेको छ ।

शिक्षालयले अब रु ५० हजार मै ३ वर्षे ओभरसियर,आइटी र कृषि क्षेत्रमा अध्ययन अध्यापन गराउने छ । रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको प्रावधिक शिक्षालयका शिक्षालय प्रमुख ई. धनोज कुमार यादवले जानकारी दिए ।

यो निर्णयसँगै स्थानीयदेखी बाहिर जिल्लाका अध्य्यन गर्न खोज्ने निम्न आयस्रोत भएका बिद्यार्थीहरु पनि लाभान्वित हुने छन् । जहाँ शिक्षालयले आधुनिक प्रविधी अनुअसार पठन पाठन गराउदैं आएको छ ।

शिक्षालयमा सुबिधा सम्पन्न पुस्तकालय, कम्प्युटर ल्याब, बिज्ञान प्रयोगशालाको व्यवस्था समेत रहेकाे छ ।  यसका साथै शिक्षालयमा डिजिटल प्रविधीबाट अध्यापन गराउने व्यबस्था समेत गरिएको शिक्षालयले जनाएकाे छ ।

बिद्यार्थीलाई आबश्यक पुस्तक लगायत शैक्षिक सामाग्रीहरु शिक्षालयले नै उपलब्ध गराउने छ । दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराउँदै आएकाे शिक्षालयमा बिद्यार्थीको लागि सुबिधा सम्पन्न खेल मैदानको व्यवस्था समते रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...