Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

श्रीमतीकाे हत्या गर्ने श्रीमान पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले श्रीमतीकाे हत्या गर्ने श्रीमानलाई पक्राउ गरेकाे छ । भारत विहार राज्यको जिल्ला पुर्वी चम्परण थाना ढाका ग्राम पचपकडी वडा न.१४ रुपौलीया टोल निवासी ३१ बर्षिय मोहमद अमानुल्लाह मियाँलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

बारा सिम्रौनगढ नगरपालिका वडा नं.६ बजार टोलमा निवासी जहिर मियाँको बिवाहित छोरी श्रीमती आसमिन खातुनको बुधबार बिहान ३ बजेको समयमा घाँटी रेटी हत्या भएको थियाे ।

साे सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगगढ बाराबाट प्रहरी निरीक्षकको कमाण्डमा खटि गएको प्रहरी टोलीले घटनास्थलमा पुगी अनुसन्धान गर्दा पक्राउ परेका मियाँले ससुराली घरमा आएको मौका छोपी आफ्नै श्रीमतीलाई घरायसि बिवादमा मासु काट्ने धारिलो दाउले हत्या गरेकाे खुलेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

निजको श्रीमती सुती रहेको अवस्थामा घाँटीको अगाडीको भागमा तथा शरिरिको बिभिन्न भागमा प्रहार गरी हत्या गरेको देखिएकोमा हत्या पश्चात निज घटनास्थलबाट भाग्दै गरेको अवस्थामा स्थानीय मानिसहरुको सहयोगमा मियाँलाई प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरिक्षक जय कृष्ण प्रसाद कुर्मीले जानकारी दिए ।

मृतक २२ वर्षिय खातुनको २ छोरा, १ छोरी रहेका छन् र उनी माईती घरमा बस्दै आएकोमा पहिला पनि पटक पटक आक्रमण गर्ने गरेको देखिएको प्रहरीले जनाएकाे छ ।

अभियुक्त मियाँ उपर कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको बारा प्रहरीले जनाएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...