Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

श्रीमतीकाे हत्या गर्ने श्रीमान पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले श्रीमतीकाे हत्या गर्ने श्रीमानलाई पक्राउ गरेकाे छ । भारत विहार राज्यको जिल्ला पुर्वी चम्परण थाना ढाका ग्राम पचपकडी वडा न.१४ रुपौलीया टोल निवासी ३१ बर्षिय मोहमद अमानुल्लाह मियाँलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

बारा सिम्रौनगढ नगरपालिका वडा नं.६ बजार टोलमा निवासी जहिर मियाँको बिवाहित छोरी श्रीमती आसमिन खातुनको बुधबार बिहान ३ बजेको समयमा घाँटी रेटी हत्या भएको थियाे ।

साे सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगगढ बाराबाट प्रहरी निरीक्षकको कमाण्डमा खटि गएको प्रहरी टोलीले घटनास्थलमा पुगी अनुसन्धान गर्दा पक्राउ परेका मियाँले ससुराली घरमा आएको मौका छोपी आफ्नै श्रीमतीलाई घरायसि बिवादमा मासु काट्ने धारिलो दाउले हत्या गरेकाे खुलेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

निजको श्रीमती सुती रहेको अवस्थामा घाँटीको अगाडीको भागमा तथा शरिरिको बिभिन्न भागमा प्रहार गरी हत्या गरेको देखिएकोमा हत्या पश्चात निज घटनास्थलबाट भाग्दै गरेको अवस्थामा स्थानीय मानिसहरुको सहयोगमा मियाँलाई प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरिक्षक जय कृष्ण प्रसाद कुर्मीले जानकारी दिए ।

मृतक २२ वर्षिय खातुनको २ छोरा, १ छोरी रहेका छन् र उनी माईती घरमा बस्दै आएकोमा पहिला पनि पटक पटक आक्रमण गर्ने गरेको देखिएको प्रहरीले जनाएकाे छ ।

अभियुक्त मियाँ उपर कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको बारा प्रहरीले जनाएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...