Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पाेखरियामा सेवा प्रदायक कार्यालय स्थापनाका लागि पहल गर्छु : मन्त्री रिजाल

spot_img
spot_img

पाेखरिया । संघिय सरकारकाे उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाले पाेखरियामा सेवा प्रदायक कार्यालय संचालनकाे लागि पहल गर्ने वताएका छन् ।

पोखरिया नगरपालिकाले बिहिबार आयाेजना गरेकाे अभिनन्दन कार्यक्रमलाई सम्बाेधन गर्दै उनले पाेखरियामा मालपाेत, जिल्ला प्रशासन, नापी लगायतका सेवा प्रदयाक कार्यालयहरु संचालनमा ल्याउन पहल र प्रयास गर्ने वताए ।

उनले भने “जिल्लाकाे सदरमुकाम वीरगंजमा रहेका यी सबै कार्यालयहरुमा काम गराउन जाँदा खर्च बढी लाग्ने गरेकाे छ । वीरगंज रहेका कार्यालय भ्रष्टचार र घुसखाेरी पनि त्यति कै छ । पाेखरियामा सेवा प्रदायक कार्यालयका शाखाहरु संचालनमा आए भ्रष्टाचार र घुसखाेरी पनि बन्द हुन्छ ।”

पाेखरिया नगर कार्यपालिकाकाे सभा हलमा भएकाे कार्यक्रममा नगर प्रमुख प्रधुमन चाैहानले फुल माला र अविरकाे टिका लगाएर मन्त्री रिजालकाे स्वागत तथा सम्मान समेत गरेका थिए ।

नगर प्रमुख चौहानको अध्यक्षतामा भएकाे कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, वडाध्यक्ष प्रमोद गिरी, केदार महतो चाई, रामप्रवेश महतो चाई, लक्ष्मण साह कानू, महेन्द्र महतो चाई, सियानन्द प्रसाद चौहान, प्रमानंद प्रसाद पटेल, नौसाद आलम, नेपाली कांग्रेस पर्साका सह सचिव नवीन सिंह लगायतकाे सहभागिता रहेको थियाे ।

कार्यक्रमकाे संचालन नगरपालिकाका प्रशासन शाखा प्रमुख अजय श्रीवास्तवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...