Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पाेखरियामा सेवा प्रदायक कार्यालय स्थापनाका लागि पहल गर्छु : मन्त्री रिजाल

spot_img
spot_img

पाेखरिया । संघिय सरकारकाे उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाले पाेखरियामा सेवा प्रदायक कार्यालय संचालनकाे लागि पहल गर्ने वताएका छन् ।

पोखरिया नगरपालिकाले बिहिबार आयाेजना गरेकाे अभिनन्दन कार्यक्रमलाई सम्बाेधन गर्दै उनले पाेखरियामा मालपाेत, जिल्ला प्रशासन, नापी लगायतका सेवा प्रदयाक कार्यालयहरु संचालनमा ल्याउन पहल र प्रयास गर्ने वताए ।

उनले भने “जिल्लाकाे सदरमुकाम वीरगंजमा रहेका यी सबै कार्यालयहरुमा काम गराउन जाँदा खर्च बढी लाग्ने गरेकाे छ । वीरगंज रहेका कार्यालय भ्रष्टचार र घुसखाेरी पनि त्यति कै छ । पाेखरियामा सेवा प्रदायक कार्यालयका शाखाहरु संचालनमा आए भ्रष्टाचार र घुसखाेरी पनि बन्द हुन्छ ।”

पाेखरिया नगर कार्यपालिकाकाे सभा हलमा भएकाे कार्यक्रममा नगर प्रमुख प्रधुमन चाैहानले फुल माला र अविरकाे टिका लगाएर मन्त्री रिजालकाे स्वागत तथा सम्मान समेत गरेका थिए ।

नगर प्रमुख चौहानको अध्यक्षतामा भएकाे कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, वडाध्यक्ष प्रमोद गिरी, केदार महतो चाई, रामप्रवेश महतो चाई, लक्ष्मण साह कानू, महेन्द्र महतो चाई, सियानन्द प्रसाद चौहान, प्रमानंद प्रसाद पटेल, नौसाद आलम, नेपाली कांग्रेस पर्साका सह सचिव नवीन सिंह लगायतकाे सहभागिता रहेको थियाे ।

कार्यक्रमकाे संचालन नगरपालिकाका प्रशासन शाखा प्रमुख अजय श्रीवास्तवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...