Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

वीरगंज महानगरद्वारा जिल्लाका स्थानीय तहसंग छलफल

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्वर २४ र २८ मा रहेको प्राविधिक विद्यालयमा विद्यार्थी अभाव हुँदा संचालनमा कठीनाई आएको भन्दै विद्यार्थी पठाएर सहयोग गर्न महानगरले जिल्लाका सबै पालिका प्रमुखसँग आग्रह गरेको छ ।

महानगरपालिकाले मंगलबार पर्साका सबै पालिकाका प्रमुखसँग अन्तरकृया गर्दै प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएकाले प्राविधिक शिक्षा अध्ययन गर्न चाहने पालिकाका विद्यार्थीलाई सम्बन्धित विद्यालयमा आउने वातावरण बनाइदिन आह्वान गरेको हो ।

वीरगंज महानगरपालिकाकाे बैठक कक्षमा भएकाे छलफलमा महानगरका मेयर राजेशमान सिंहले प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले सबै पालिकाले प्राविधिक शिक्षा अध्ययनका लागि विद्यार्थीलाई प्रेरित गर्नु पर्नेमा जोड दिए ।

वीरगंजकाे वडा नम्वर २४ रामगढवामा रहेको सारदा प्राविधिक मा.वि.मा कृषि र पशु विज्ञानको अध्ययन हुने गरेको छ भने वडा नम्वर २८ सोलकपुरमा पशु विज्ञानको अध्यापन हुने गरेको छ ।

सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महीने जेटिए, तीन वर्षे आइएससी (एजी) र भेटेनरी (पशु रोगको चिकित्सा वा उपचार सम्बन्धी) शिक्षा पठनपाठन हुँदै आएको छ ।

विद्यालयमा उक्त विषयको पठन पाठन निशुल्क हुने भए पनि पर्सा जिल्लाका विद्यार्थीको उपस्थिति ज्यादै न्यून रहेको सारदा मा.वि.का प्रधानाध्यापक विनोद मेहताले बताए । भएका विद्यार्थी पनि अन्य जिल्लाका रहेको उनले बताए ।

सबै विषय अध्ययनका लागि सिटिइभिटीले ४०/४० जनाको सिट संख्या तोकेको छ । तर तोकिएको सिट संख्या बमोजिम अहिले विद्यालयले विद्यार्थी पाउन सकेको छैन ।

ठोरी गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठले ठोरीमा पशु शिक्षाको अध्ययन भइरहेको भन्दै कृषि शिक्षा अध्ययनका लागि आफ्नो ठाउँबाट विद्यार्थी पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।

पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले देश कृषि प्रधान भनिएता पनि कृषिलाई पेशा र व्यवसाय बनाउन नसकिएको भन्दै अब स्थानीय सरकारले नीतिगत रुपमा नै लगानी गरेर कृषि क्षेत्र सुधार गर्नु पर्ने धारणा व्यक्त गरे ।

कृषि उत्पादन बृद्धिका लागि कृषि प्राविधिक जनशक्तिको खाँचो रहेको भन्दै उनले वीरगंज महानगरपालिकाको विद्यालयमा अध्यापन हुँदै आएको कृषि विज्ञान र पशु विज्ञान अध्ययनका लागि आफूहरुले विद्यार्थी उपलब्ध गराउने बताए ।

बैठकमा पोखरीया नगरपालिकाका मेयर प्रधुम्न प्रसाद चौहान, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह, कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ठ कुमार, धोविनी गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहान, पकाहाँ मैनपुर गाउँपालिकाकी उपाध्यक्ष सरफुन नेशा, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण महानगरको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...