Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरियाकाे पानी ट्यांकी संचालनमा आउन्छ : मेयर चाैहान

spot_img
spot_img

छठु साह /

वीरगंज । पर्साको पोखरीया नगरपालिकामा अब केही दिनमै खानेपानीको समस्या सामाधान हुने नगर प्रमुख प्रधुमन चौहानले बताएका छन् । नगर कार्यपालिकाको बिशेष बैठक तथा नगर सभाबाट खानेपानी संस्थान काठमाण्डौलाई खानेपानी योजनाको जिम्मा लगाउने निर्णय गरेपछि तत्काल केही दिनमै समस्या सामाधान हुने मेयर चौहानको दाबी गरेका हुन् ।

मेयर चौहानका अनुसार नेपाल खानेपानी संस्थानको सम्मपुर्ण टोली यहि साउन २५ गते भित्र पोखरीया नगरपालिकमा अध्ययन तथा स्थलगत अनुगमन गर्ने आउने कार्यक्रम रहेको छ । अनुगमन र अध्ययन पश्चात तिब्र रुपमा काम अगाडी बढने उनले बताए ।

बिगत २ दशक अगाडी देखी निमार्ण भई शुचारु नभएका खानेपानी टयांकी प्रयोग बिहिन अवस्थामा रहेको छ । जनप्रतिनिधी बिहिन अवस्था र बिगत २०७४ सालको निर्वाचित जनप्रतिनिधीहरुले टयांकीलाई संचालनमा ल्याउन नसक्दा अहिले खानेपानीकाे समस्या देखिएकाे हाे ।

यसैगरी केन्द्रिय योजना तथा बजेटबाट निमार्ण भएका पर्साका दर्जनौ खानेपानी टयांकी अलपत्र अवस्थामा रहेको स्थानियहरु बताएका छन । पोखरीया, बिन्दवासिनी, पकहाँ मैनपुर, कालिकामाई, छिपहरमाई, बहुदरमाई, पटेवर्वा सुगौली, जीराभवानी, ठोरी लगायतका ठाउमा खानेपानी टयांकी हुँदाहुँदै पनि उपभोग विहिन रहेकाे छ ।

कराैडाैंकाे लगानीमा निर्माण भएका पानी टयांकीहरु संचालनमा नआउदा त्यसकाे लगानी बालुवामा पानी हाले जस्तै भएको छ । चापाकल  खानेपानीकाे मुख्य स्राेत रहेकाे यस क्षेत्रमा उपयाेगमा नआएका पानीट‌याकीहरु अब चापाकलहरु सुकन थालेपछि आवश्यकता महसुन हुन थालेकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...