Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पाेखरियाकाे पानी ट्यांकी संचालनमा आउन्छ : मेयर चाैहान

spot_img
spot_img

छठु साह /

वीरगंज । पर्साको पोखरीया नगरपालिकामा अब केही दिनमै खानेपानीको समस्या सामाधान हुने नगर प्रमुख प्रधुमन चौहानले बताएका छन् । नगर कार्यपालिकाको बिशेष बैठक तथा नगर सभाबाट खानेपानी संस्थान काठमाण्डौलाई खानेपानी योजनाको जिम्मा लगाउने निर्णय गरेपछि तत्काल केही दिनमै समस्या सामाधान हुने मेयर चौहानको दाबी गरेका हुन् ।

मेयर चौहानका अनुसार नेपाल खानेपानी संस्थानको सम्मपुर्ण टोली यहि साउन २५ गते भित्र पोखरीया नगरपालिकमा अध्ययन तथा स्थलगत अनुगमन गर्ने आउने कार्यक्रम रहेको छ । अनुगमन र अध्ययन पश्चात तिब्र रुपमा काम अगाडी बढने उनले बताए ।

बिगत २ दशक अगाडी देखी निमार्ण भई शुचारु नभएका खानेपानी टयांकी प्रयोग बिहिन अवस्थामा रहेको छ । जनप्रतिनिधी बिहिन अवस्था र बिगत २०७४ सालको निर्वाचित जनप्रतिनिधीहरुले टयांकीलाई संचालनमा ल्याउन नसक्दा अहिले खानेपानीकाे समस्या देखिएकाे हाे ।

यसैगरी केन्द्रिय योजना तथा बजेटबाट निमार्ण भएका पर्साका दर्जनौ खानेपानी टयांकी अलपत्र अवस्थामा रहेको स्थानियहरु बताएका छन । पोखरीया, बिन्दवासिनी, पकहाँ मैनपुर, कालिकामाई, छिपहरमाई, बहुदरमाई, पटेवर्वा सुगौली, जीराभवानी, ठोरी लगायतका ठाउमा खानेपानी टयांकी हुँदाहुँदै पनि उपभोग विहिन रहेकाे छ ।

कराैडाैंकाे लगानीमा निर्माण भएका पानी टयांकीहरु संचालनमा नआउदा त्यसकाे लगानी बालुवामा पानी हाले जस्तै भएको छ । चापाकल  खानेपानीकाे मुख्य स्राेत रहेकाे यस क्षेत्रमा उपयाेगमा नआएका पानीट‌याकीहरु अब चापाकलहरु सुकन थालेपछि आवश्यकता महसुन हुन थालेकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...