Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

महिला उद्यमीलाई प्रोत्साहन गर्न वीरगंजमा समर फेयर

spot_img
spot_img

मुस्कान श्रेष्ठ / 

वीरगंज । वीरगंजका महिलाहरुद्वारा संचालित वुमन क्रिएसन नामक संस्थाले ‘समर फेयर २०२३’ को अयोजना गरेको छ । महिला उद्यमीहरुको क्षमता अभिवृद्धि र आत्मविश्वास बढाउने उदेश्यले शनिबार वीरगंजमा ‘समर फेयर २०२३’ को आयोजना गरिएको हो ।

मेलामा महिलाहरु आफैले उत्पादन गरेको विभिन्न बस्तुहरुको प्रदर्शन गर्नुकाे साथै मनोरञ्जनका लागि विभिन्न खेलहरुको व्यवस्था गरिएको थियो । मेलाको अवलोकन गर्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले देशकै आर्थिक नगरीको रुपमा चिनिने वीरगंजमा महिलाहरु समेत उद्यम, व्यापार क्षेत्रतर्फ अग्रसर भएको देख्दा खुसी लागेको बताए ।

उनले प्रतिषपर्धाले भरिएको अहिलेको युगमा महिलाहरुद्वारा उत्पादीत वस्तुहरु केवल कोठा वा पसल भित्रसम्म सिमित रहेको भन्दै वीरगंज महानगरपालिकाले प्रत्येक महिनाको अन्तिममा आयोजना गर्ने रात्रि बजारमा विक्री वितरणका लागि राख्न आग्रह गरे ।

उनले विश्वभरका उद्यमीहरुले प्रविधिको भरपूर प्रयोग गरेर अन्तराष्ट्रियस्तरमा आफ्नो व्यापार व्यवसायीमा मनग्य आमदानी गरिरहेको भन्दै डिजीटल मार्केटिङग गर्न महिला उद्यमीहरुलाई सुझाव दिए । उनले महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले वीरगंज महानगरपालिकाले क्षमता अभिवृद्धि तालिमको आयोजना गरिरहेको जानकारी दिए ।

नगर प्रमुख सिंहले देशको सम्मानिय राष्ट्रपति जस्तो पदमा समेत महिलाले प्रतिनिधित्व गरिसकेको हुँदा उद्यम व्यापारमा समेत अगाडी बढ्नुपर्ने कुरामा जोड दिँदै त्यसका लागि महानगरपालिकाले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै वुमन क्रिएशनकी अध्यक्ष हेमा अग्रवालले महिलाहरु केवल घरको कामकाजमा मात्र सिमित नभई घर बाहिरका जिम्मेवारीहरु समेत समाल्हन सक्ने बताईन् । उनले महिलाहरु पुरुष सरह नेतृत्व गर्ने, उद्योग, व्यापार संचालन गर्ने र निर्णय गर्न सक्ने क्षमता भएको हुँदा पनि अवसर नपाउने गुनासो गरिन् ।

अध्यक्ष अग्रवालले कुनै पनि उद्योग वा व्यवसाय स्थापनाका लागि विभिन्न स्रोत–साधन तथा सुविधाहरूको आवश्यक पर्ने हुँदा सम्पूर्ण मात्रामा महिला उद्यमी आफैले व्यवस्था गर्न नसक्न बताईन् ।

यस्तो अवस्थामा उनीहरूलाई सहयोग गर्न सरोकारवाला निकायदेखि महिलासंग आबद्ध संस्थाहरु अघी बढ्नुपर्नेमा उनले जोड दिइन् । वीरगंजका मेयर राजेशमान सिंहले कार्यक्रमलाई सकारात्मक रुपमा लिएकोमा आफूलाई थप हौसला प्रदान गरेको बताउदै उनले मेयर सिंहले दिएको सुझावलाई मन्न गरेर अघी बढ्ने बताईन् ।

यस्तै वुमन क्रिएसनकी उपाध्यक्ष सुमोना बेर्नजीले अहिले पनि हाम्रो समाजले महिलालाई घर–परिवारको रेखदेख गर्ने रुपमा मात्र लिएको बताइन् । यस्तो मानसिकतालाई चिर्न वुमन क्रिएसनले यसप्रकारको कार्यक्रमको आयोजना गर्दै आएको बताइन् ।

वीरगञ्जमा थुप्रै महिला उद्यमीहरु भएपनि उनीहरुद्वारा उत्पादीत वस्तुको बजारीकरण हुन नसक्दा पछि परेको क्रिएसनकी उपध्यक्ष बेर्नजीको भनाई छ । सोही कुरालाई ध्यानमा राखी आफूहरुले समर फेयरको आयोजना गरेको र यसले महिला उद्यमीहरुलाई आफ्नो क्षमता देखाउनुका साथै ग्राहकसंग सोझै सम्पर्क गर्ने अवसर प्रदान गरेको बताईन् ।

फेयरमा खाने कुरा, लत्ताकपडा, सजावटका सामाग्री लगायत गरी ५० वटा स्टल राखिएको छ । २००२ मा ४ जना महिलाबाट सञ्चालन भएको वुमन क्रिएसन संसथामा हाल ५० जना सदस्य रहेका छन् ।

कार्यक्रममा वुमन्स क्रिएसनकी नेन्सी अग्रवाल, अफ्साना खातुन, नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका पूर्व अध्यक्ष अनुप अग्रवाल, उद्यमी सञ्जय अग्रवाल, महिला उद्यमीहरु, सञ्चारकर्मी आशु कुमार सर्राफ लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...