Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

बहुअरीमा एसईई उत्तीर्ण ७० जना विद्यार्थी सम्मानित

spot_img
spot_img

आनन्द पटेल /

परवानीपुर । बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलमा शनिबार यस वर्ष एसईई परीक्षा उत्तीर्ण गरेका ७० जना विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

स्वच्छ समाज युवा क्लबले एक कार्यक्रमका बिच एसईई उतिर्ण सन्ध्या साह, हिमांशु कुमार यादव, अञ्जली कुमारी पटेल, करिश्मा कुमारी पटेल, सोनु कुमार श्रीवास्तव, पुष्पा कुमारी राम, मन्दिप यादव लगायतकालाई सम्मान गरेकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथी समाज सेवी डाक्टर शिवशंकर यादवले सम्मानीत विद्यार्थीहरुलाई अगामी भविष्यको शुभकामना दिदै अल्बर्ट आइंस्टाईन जस्तै सफल ब्यक्तित्व बन्न शुभकामना दिए । उनले शिक्षाका साथै समाजमा पनि सेवा गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।

कार्यक्रमका अथिती समाज सेवी तथा खेलकुद प्रेमी शिवशंकर पटेलले पास भएका विद्यार्थीहरुलाई बधाई दिदै यस टोलका विद्यार्थीहरु भबिष्यमा ठूला नेता, प्रोफेसर, इन्जिनियर, डाक्टर आदि बन्न शुभकामना दिए ।

यसका साथै उनले विद्यार्थीहरूलाई अनुशासित र आफ्नो अभिभावक प्रति सम्मान गर्न पनि आग्रह गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष रामेश्वर साह कालवारले पास गर्ने सबै विद्यार्थीहरुलाई बधाई र अझ राम्रो पढाइगरी सफल व्यक्ति बन्न शुभकामना दिए । उनले क्लवले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै क्लबलाई आउने दिनमा साथ र सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा परवानीपुर गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी युवा नेता सञ्जु साहले एसईई उतिर्ण विद्यार्थीहरूको आगामी भविष्यको सफलताको कामना गर्दै बहुअरी टोल बारा जिल्लामै वर्षौं देखी शिक्षामा अगाडी रहेको बताए ।

उनले शिक्षाको साथ-साथै समाजलाई पनि सही दिशामा अगाडि बढाउन यहाका राजनीतिक दल, युवा, स्थानीय सरकार, बुद्धिजीवी लगायतको साथ र सहयोग आवश्यक रहेको बताए ।

सम्मान कार्यक्रममा बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सिंहले पास भएका विद्यार्थीहरुलाई बधाई दिदै भविश्यमा अझ कडा मिहिनेत गरेर ठूलो व्यक्ति बन्न आशीर्वाद दिए । उनले अहिलेका विद्यार्थीहरुमा मोबाइलको बढी प्रयोगले शिक्षाको स्तर कम हुँदै गएको प्रति चिन्ता व्यक्त गरे ।

यसैगरी कार्यक्रममा प्रोफेसर किशोरी राम, वडा सदस्य दारा सिंह पटेल, शिक्षाबिद डाक्टर प्रमोद यादव, अर्जुन पटेल, जितेन्द्र कुमार वर्मा, डाक्टर अजय यादव, इलाका प्रहरी कार्यालय सिरिसियाका इन्चार्ज तेज प्रताप सिंह, रामजी सिंह, सुरेन्द्र पटेल, नेकपा माओवादी केन्द्रका नेता लालबहादुर पटेल लगायतले कार्यक्रमको सफलता सहित विद्यार्थीहरूको उज्जवल भविष्यको कामना गरेका थिए ।

सो अवसरमा क्लबका उपाध्यक्ष उमेश साह, कोषाध्यक्ष मुर्तुजा आलम, सदस्यहरु सरोज यादव, प्रमोद यादव, अखिल पटेल, सन्दिप यादव, रोहित यादव, रञ्जित साह लगायतको विशेष सहयोग रहेको थियो ।

कार्यक्रमको अन्त्यमा क्लबका अध्यक्ष भूपेन्द्र पटेलले कार्यक्रमलाई सफलता पार्न उपस्थित सम्पूर्ण अतिथी, विद्यार्थी, क्लबका सदस्य सबैलाई धन्यवाद, दिदै प्लस २ पढन चाहने गरीब, असाहाय, मिहिनेती विद्यार्थीहरुलाई वडाध्यक्षको सिफारिसमा निःशुल्क रूपमा पढाउने घोषण गरे ।

कार्यक्रममा स्वागत मन्तव्य क्लबका सदस्य आनन्द पटेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका सचिव त्रिलोक प्रताप सिंहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...