Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पानीकाे समस्या समाधान गर्न पर्साका सात दलको माग

spot_img
spot_img

वीरगंज । वीरगंजमा उत्पन्न खानेपानी समस्या समाधानका लागि जिल्लाका क्रियाशील राजनीतिक दलहरुले चासो देखाएका छन् । पर्साका राजनीतिक दलहरुले खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक बसेर सम्बन्धित सरोकारवाला निकायको ध्यानकर्षण गराएका हुन् ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका राजनीतिक दलहरुले शनिबार सर्वदलीय बैठक बसेर खानेपानी समस्या समाधानका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समेत ध्यानाकर्षण गर्ने निर्णय गरेको नेकपा एस पर्साका अध्यक्ष बालगाेपाल थापाले जानकारी दिए ।

बैठकमा खानेपानी समस्याको विषयमा सबै तहका सरकारको ध्यानाकर्षण गराई यथाशक्य छिटो समाधान गर्न माग गरिएकाे उनले बताए ।

बैठकमा नेपाली कांग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्री, जनता समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य छोटेलाल यादव, नेकपा एसका पर्सा अध्यक्ष बालगोपाल थापा, जनमत पार्टीका उमाशंकर गुप्ता, राप्रपाका शम्भु गिरी, नागरिक उन्मुक्तिका राजकुमार ओझैया लगायतको उपस्थिति रहेको थियो ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...