Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

पानीको समस्या लिएर प्रधानमन्त्री प्रचण्डकोमा पुगे सांसद यादव

spot_img
spot_img

वीरगंज । वीरगञ्ज र यस आसपासका क्षेत्रमा केहीदिन यता चापाकलहरू सुकेर खानेपानीको समस्या भएपछि यस बारे पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादवले सरकारको ध्यानाकर्षण गराएका छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतकसमेत रहेका यादवले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भेटेर वीरगञ्जमा निम्तिएको  खानेपानीको भयावह स्थिति बारे ध्यानाकर्षण गराएका हुन् ।

त्यस क्रममा पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले वीरगञ्ज र यस आसपासका क्षेत्रमा केही दिन यता चापाकल लगायतका पानीको प्राकृतिक श्रोत सुक्दै गएपछि खानेपानीको लागि समेत भयावह स्थिति उत्पन्न भएको प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए । वीरगञ्जमा देखिएको पानीको समस्या समाधानका लागि सरकारका तर्फबाट तत्कालै पहल थाल्न उनले प्रधानमन्त्री प्रचण्डसँग आग्रह पनि गरे ।

लगत्तै प्रधानमन्त्री प्रचण्डले सङ्घीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवलाई आफ्नो कार्यकक्षमा बोलाएर वीरगञ्जमा देखिएको पानीको समस्या समाधानका लागि तत्काल कदम चाल्न निर्देशन दिएको सांसद यादवले जानकारी दिए ।

प्रधानमन्त्रीको निर्देशनअनुसार खानेपानी मन्त्री यादवले पनि वीरगञ्जमा देखिएको खानेपानीको समस्या छिटो भन्दा छिटो समाधानका लागि मन्त्रालयले मातहतका निकायहरूलाई तत्कालै काम अगाडि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएको सांसद यादवले बताए ।

जनस्तरको आवाज सरकारसम्म पुर्‍याउन सांसद यादवले समय समयमा अबाज उठाउँदै आएका छन् । केही दिन अगाडि मात्रै उनले पर्सा र मधेश प्रदेशका कृषकहरूले भोगिरहेको समस्याको बारेमा संसद्लाई जानकारी गराउँदै सिँचाइको व्यवस्थापन गर्न माग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...