Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

महुवनस्थित पारसनाथको मन्दिरमा जल अर्पण

spot_img
spot_img

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनस्थित रहेकाे ऐतिहासिक पारसनाथ बाबाको मन्दिरमा साेमबार जल अर्पण गरिएको छ ।

पवित्र साउन महिनाकाे सोमबारकाे दिन प्रदेश सभा सदस्य प्रमाेद जयसवालसहित सयाैंकाे संख्यामा पारसनाथ बाबाको मन्दिरमा पुगेका स्थानिय महिला तथा युवाहरूले जल अर्पण गरेका हुन् । 

जल अर्पण गर्नका निम्ति निस्केकाे जल यात्रामा महुवन, बलुवा, लखनपुर, ऐकडेर्वा र सोलकपुरलगायतका स्थानीय महिला र युवाहरूको बाक्लो उपस्थिति रहेको थियो । सोही वडास्थित सोलकपुरमा पर्ने उत्तर बाहिनी नदीबाट जल भरेर जल यात्रामा सहभागि भएका श्रद्धालुहरूले जल अर्पण गरेका थिए । 

पर्सा जिल्लाको नामकरण बाबा पारसनाथको नामबाटै भएको र जिल्लालाई चिनाउन यस धार्मिक स्थलले अतुलनीय योगदान पुर्‍याएको प्रदेश सभा सदस्य जयसवालले बताए ।

मन्दिरमा विगतका वर्षहरूदेखि नै श्रद्धालुहरूद्वारा जल अर्पण हुँदै आएकोले यस वर्ष पनि श्रद्धालुहरूको घुइँचो लागेको पुजारी राजेश पण्डितको भनाई छ । 

मन्दिरमा साउनको पहिलो सोमवार जल यात्रा गरी साउनभरि भव्य रूपले पूजाअजा गरिने चलन नै रहेको छ । श्रद्धालुहरूले बाबा पारसनाथसँग मागेको सम्पूर्ण मनोकाङ्क्षा पूर्ण हुने कुरामा सर्वसाधारणको विश्वास रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...