Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

नारायणी अस्पतालकाे सरसफाइ महानगरले सुरु गर्‍याे

spot_img
spot_img

वीरगंज । नारायणी अस्पताल वीरगंजकाे सरसफाइ सोमबारदेखि वीरगंज महानगरपालिका कार्यालयले सुरु गरेको छ । साउन १ गतेदेखि अस्पतालमा गरिने सरसफाइ सम्बन्धी कार्य महानगरपालिकाले गर्ने अस्पताल प्रशासन र वीरगंज महानगरपालिका कार्यालय बिच भएकाे सम्झौता अनुसार वीरगंज महानगरपालिकाले सरसफाइ गर्न सुरु गरेको हो ।

नगर प्रमुख राजेशमान सिंहले सरसफाइको अनुगमन गर्दै नारायणी अस्पतालको सरसफाइ साेमबारदेखि महानगर पालिकाले सुरु गरेको र अस्पताल परिसर सफा स्वच्छ राख्न सबै सेवाग्राहीलाई अपिल गरे । सफाइ र व्यवस्थित पार्किङमा अटेर गर्नेलाई जरिवाना समेत गरिने मेयर सिंहले बताए ।

मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरञ्जन साहले वीरगंज महानगरपालिकाले अस्पतालको सरसफाइमा औपचारिक रुपमै सघाएकोमा मेयर सिंहलाई धन्यवाद दिदै अब सरसफाइमा लापरबाही गर्ने जोकोही सित पनि सम्झौता नगरिने बताए । अस्पतालको गुणस्तरीय सेवामा अगामी दिन पनि साथ र सहयोग पाउने आपेक्षा लिएको मेसु साहले बताए ।

सम्झौता अनुसार साउन १ गतेदेखि एक वर्षका लागि नारायणी अस्पतालको बाहिरी क्षेत्रको सम्पूर्ण सरसफाइ वीरगंज महानगरपालिकाले गर्ने छ । बाहिर क्षेत्र अन्तर्गत शौचालय, बरन्डा, भर्‍याङ, अस्पताल परिसर तथा प्रशासनिक भवन पर्ने सम्झौता पत्रमा उल्लेख छ । अस्पतालको शल्यक्रिया कक्ष र वार्ड भित्रको सरसफाइ तथा फोहर व्यवस्थापन अस्पताल आफैले गर्नुपर्ने हुन्छ ।

सरसफाइ गर्नका लागि महानगरपालिकाले अस्पतालसँग कुनै शुल्क लिने छैन भने सरसफाइका लागि वीरगंज महानगरपालिकाबाट खटिने सरसफाइकर्मी र नारायणी अस्पतालमा कार्यरत सम्पूर्ण सरसफाइकर्मीको अनुगमन, नियन्त्रण र हाजिरी प्रमाणित वीरगंज महानगरपालिकाले गर्नेछ ।
 
अस्पतालमा हुने सरसफाइका लागि महानगरपालिका कार्यालयले एक जना नाइकेको नेतृत्वमा ९ जना सरसफाइकर्मी परिचालन गर्ने महानगरको सरसफाइ व्यवस्थापन शाखाको प्रमुख सर्फुदिन मियाँले जानकारी दिए । अस्पताल परिसरमा जथाभाबी फोहर गर्ने उपर वीरगंज महानगरपालिकाको फोहर मैला व्यवस्थापन ऐन २०७५ बमोजिम दण्ड जरिवाना तथा कारबाही समेत गर्ने सम्झौतामा उल्लेख रहेको मियाँले बताए ।

गत वर्ष महानगरको नेतृत्व सँभालेदेखि मेयर सिंहले सरसफाइलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका छन् । उनले अभियान नै चलाएर वीरगंजलाई सफा र स्वच्छ बनाउने कार्यलाई तीव्रता दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दशैंमा पनि खुलेन पोखरिया र सखुवा प्रसौनीको खाता, कर्मचारी–शिक्षकको तलब अन्योलमा

वीरगंज । पर्साका दुई स्थानीय तहको बैंक खाता अझै सञ्चालनमा आउन नसक्दा पालिकाको आर्थिक कारोबार ठप्प भएको छ । पोखरिया नगरपालिका र सखुवा प्रसौनी...

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...