Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

ठाकुरराम मै परीक्षा केन्द्र राख्न पर्साका राजनीतिक दलहरु पहल गर्ने

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा केन्द्र अन्य जिल्लामा सारिएको विषयलाई लिएर उत्पन्न समस्याका बारेमा शनिवार सर्वपक्षीय बैठक बसेर छलफल गरिएको छ ।

वीरगंजकाे होटेल मकालुमा बसेको सर्वपक्षीय बैठकले परीक्षा केन्द्र अन्य जिल्लामा सारिएको विषयलगायत ठाकुरराम बहुमुखी क्याम्पसमा देखिएको अन्य सम्पूर्ण समस्या समाधानका लागि संयुक्त पहल गर्ने निर्णय गरेको छ ।

बैठकले त्रिभुवन विश्वविद्यालयले अन्य जिल्लामा सारेको परीक्षा केन्द्र पुनः ठाकुरमा बहुमुखी क्याम्पसमै फिर्ता ल्याउन त्रिभुवन विश्वविद्यालयका केन्द्रीय प्रतिनिधिसँग छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको बैठकमा सहभागी क्याम्पस प्रमुख रञ्जित प्रसाद यादवले जानकारी दिए ।

त्यसअघि बैठकमा भएको छलफलका क्रममा बोल्दै नेपाली काङ्ग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले नेपालकै शैक्षिक धरोहरका रूपमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा केन्द्र अन्यत्र सारेर त्रिभुवन विश्वविद्यालयले हेपाहा प्रवृत्ति देखाएको आरोप लागे । उनले कुनै एउटा कालखण्डमा भएको घटनालाई नजिर बनाएर ठाकुरराम क्याम्पसको परीक्षा केन्द्र अन्यत्र सार्नु खेदजनक भएको टिप्पणी गरे ।

बैठकमा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बाल गोपाल थापाले स्नातकोत्तर तहको परीक्षा ठाकुरराम क्याम्पसमै हुने तर अन्य तहको परीक्षा अरू जिल्लाको क्याम्पसमा तोक्ने त्रिभुवन विश्वविद्यालयको कदम गलत भएको धारणा राखे । उनले परीक्षा केन्द्र अन्य जिल्लामा सारेर त्रिभुवन विश्वविद्यालयले पर्साका राजनीतिक दलहरूलाई हेपेको पुष्टि भएको बताए ।

बैठकमै सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष राम नरेश प्रसाद यादवले पनि त्रिभुवन विश्वविद्यालयले ठाकुरराम क्याम्पस र यहाँ अध्ययनरत विद्यार्थीसँग विभेद गरेको बताए । त्यसका विरुद्धमा जिल्लास्थित राजनीतिक दलहरू एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता भएको उनले औँल्याए ।

बैठकमा नेकपा एमालेका जिल्ला संयोजक डाक्टर विश्वम्भर शर्मा, लोसपाका नेता निजामुदिन समानी, जसपाका जिल्ला सचिव तबरेज अहमद, नागरिक उन्मुक्ति पार्टीका जिल्ला सहसचिव अमित गौरो, राप्रपाका जिल्ला सचिव पन्नालाल पटेल, ठाकुरराम बहुमुखीका क्याम्पस प्रमुख रञ्जित प्रसाद यादव, सहायक क्याम्पस प्रमुख अनिल कुमार रमण लगायतको पनि सहभागिता रहेकाे अनेरास्ववियु ठाकुर राम बहुमुखी क्याम्पस कमिटी अध्यक्ष एवम् वीरगंज महानगर अध्यक्ष आशिफ अहमदले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...