Date
शनि, असार २०, २०८३
Sat, July 4, 2026

वीरगंजमा एआरटी सेवा प्रभावकारी बन्दै

spot_img
spot_img

वीरगंज । एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालको सहयोगमा वीरगंजकाे नारायणी अस्पतालको एआरटी सेवा प्रभावकारी रुपमा सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षको अन्तिम अवस्थामा एएचएफ नेपालले एक वर्षमा गरेका गतिविधिका विषयमा स्थानीय परियोजना परामर्श समितिलाई जानकारी गराएको छ ।

एएचएफ नेपालका पर्सा जिल्ला प्रतिनिधि आशिष गुरागाँइका अनुसार नारायणी अस्पतालको एआर टी सेवाबाट हाल १२ सय ८४ जनाले नियमित रुपमा सेवा लिइरहेका छन् । जसमध्ये पर्सा जिल्लाका मात्रै सबैभन्दा धेरै ७ सय ५२ जना रहेका छन् ।

बारा जिल्लाका ३ सय ४२ जना, रौतहटका ९८, सर्लाहीका ८५ जना, मकवानपुरका ४ जना र धनुषाका ३ जनाले वीरगंजस्थित नारायणी अस्पतालको एआरटी सेन्टरबाट सेवा लिइरहेको उनले बताए । वीरगंजकाे आदर्शनगरस्थित होटल लर्डस दियालोमा बसेको परियोजना परामर्श समितिको बैठकमा गुरागाईँले प्रस्तुत गरेको तथ्याङ्क अनुसार पर्सा जिल्लाका १४ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी वीरगंज महानगरपालिकामा एचआइभी सङ्क्रमित रहेका छन् ।

महानगरपालिकामा २ सय ४८ जना सङ्क्रमितले सेवा लिँदा सबैभन्दा कम ठोरी गाउँपालिकाका १४ जनाले लिइरहेका छन् । बैठकलाई सम्बोधन गर्दै एएचएफ नेपालका कन्ट्री प्रोग्राम म्यानेजर दिब्यराज जोशीले स्थानीय तह एवम् अन्य साझेदार संस्थाहरूको सहयोगमा संस्थाले गरिरहेका कामले सकारात्मक नतिजा दिएको बताए ।

एचआइभी लागेपछि समाजले हेर्ने दृष्टिकोण बदल्नुपर्ने आवश्यकता औँल्याउँदै जोशीले हेय भन्दा पनि प्रेमको दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिए । एचआइभी सङ्क्रमित आमाले जन्माएको सन्तानको परीक्षण गर्दा सङ्क्रमण नदेखिने अवस्थामा पुगेकोमा खुसी व्यक्त गर्दै उनले सहज र सरल ढङ्गले एचआइभी सङ्क्रमितले सेवा पाउनुपर्ने अवस्थाको निर्माण गर्नुपर्ने धारणा राखे ।

अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा एचआइभीको सङ्क्रमण धेरै देखिएको हुँदा सीमा क्षेत्रसँग जोडिएका क्षेत्रमा सचेतनाको अभियानलाई तीव्रता दिनुपर्ने जोशीको भनाई छ । एएचएफ नेपालले एचआइभीसँगै अन्य यौनरोगका क्षेत्रमा पनि काम गर्ने योजनाका साथ अघि बढी रहेको उनले बताए ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले संस्थासँगको सहकार्यमा अस्पतालले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले एआरटी सेवाका लागि स्थान अभावको समस्या केही समयभित्रै समाधान गर्ने बताएका छन् ।

त्यस्तै वीरगंज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका संयोजक रितेश जैसवालले पनि संस्थासँग हातेमालो गरेर काम गर्ने बताए । महानगरपालिकाले सस्तो र सर्वसुलभ मूल्यमा प्रयोगशाला स्थापना गर्न लागेको जानकारी गराउँदै उनले त्यसमा एचआइभीको परीक्षण पनि गर्ने व्यवस्था मिलाइने बताए ।

एआरटी सेन्टरकी इन्चार्ज सरिता श्रेष्ठले एचआईभिको क्षेत्रका काम गर्दा चुनौती भएपनि त्यसलाई अवसरको रुपमा लिएर काम गरीरहेको बताइन् । एएचएफ नेपालको सहयोगले एआरटी सेवा प्रभावकारी रुपमा चलीरहेको बताउँदै उनले आफ्नो अवकाशपछि पनि एएचएफ नेपालको यस्तै सहयोगले निरन्तरता पाइरहने विश्वास व्यक्त गरिन् ।

नर्सिङ् प्रशासक श्रुती साहले एएचएफ नेपालकै सहयोगका कारण एआरटी सेवा प्रभावकारी भइरहेको प्रतिक्रिया दिइन् । एआरटी सेवा गुणस्तरीय एवम् विश्वसनीय बनाउनमा एएचएफ नेपालको भूमिकाको सह्राना गर्दै उनले स्वास्थ्य मन्त्रालयबाट गरिने न्यूनतम सेवा मानक मा पनि एआरटीले शतप्रतिशत अंक ल्याउन सफल भएको जानकारी गराइन् ।

कार्यक्रममा एआरटी सेन्टरका फोकल पर्सन नारायणी अस्पतालका वरिष्ठ छाला तथा चर्म रोग विशेषज्ञ डा. अतुलेश कुमार चौरसिया, वीरगंज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका जनस्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुर, स्वास्थ्य कार्यालय पर्साका विनोद झालगायतको उपस्थिति रहेको थियो ।

एएचएफ नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण एएचएफ नेपालका पर्सा जिल्ला प्रतिनिधी आशिष गुरागाँईले नै गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वालेन सरकारले मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लागेको छ : मेयर रिना साह

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत विहीन बनाएर प्रधानमन्त्री वालेन शाह नेतृत्वको सरकारले बजेट फ्रिज गर्न लागेको गम्भिर आरोप मेयर रिना साहले...

ग्रीनसिटी सामुदायिक प्रहरीद्वारा ट्राफिक प्रमुख श्रेष्ठसँग परिचयात्मक कार्यक्रम

वीरगंज । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर वीरगञ्जको आयोजनामा सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका नयाँ प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठसँग...

एल.एस. न्युरो अस्पतालमा १७ महिला सहित ५७ जनाद्वारा रक्तदान

वीरगंज । एल.एस. न्युरो एण्ड जनरल अस्पतालले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आयोजना गरेको स्वेच्छिक रक्तदान कार्यक्रममा १७ महिलासहित कुल ५७ जनाले रक्तदान गरेका छन्...