Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

लिटल बडी इन्टरनेशनल प्रिस्कूलद्वारा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंजकाे लिटल बडी इन्टरनेशनल प्रिस्कूलको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रिस्कूलका प्रधानाध्यापक विजयकुमार बलको अध्यक्षतामा भएकाे कार्यक्रममा ६ महिलासहित ४० जनाले रक्तदान गरेका हुन् ।

रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसको सहकार्यमा कार्यक्रम आयाेजना गरिएकाे प्रिस्कूलका प्रधानाध्यापक बलले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले रक्तदान गरेर पुण्य कमाउन आग्रह गरे । बढ्दै गएको रगतको मागलाई पूर्ती गर्न सबैले रक्तदान गर्नुपर्नेमा चौगाईले जोड दिए ।

कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, केन्द्रीय सदस्य छेदूप लामा, राहुल श्रीवास्तव, सुरजबाबु पटेल, पर्सा रेफरी एसोसिएसनका अध्यक्ष अर्जनु गुप्ता, रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रापोलिसका अध्यक्ष रेशु अग्रवाल, अनिल जयसवाल, प्रकाश कर्ण लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...