Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

लिटल बडी इन्टरनेशनल प्रिस्कूलद्वारा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंजकाे लिटल बडी इन्टरनेशनल प्रिस्कूलको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रिस्कूलका प्रधानाध्यापक विजयकुमार बलको अध्यक्षतामा भएकाे कार्यक्रममा ६ महिलासहित ४० जनाले रक्तदान गरेका हुन् ।

रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसको सहकार्यमा कार्यक्रम आयाेजना गरिएकाे प्रिस्कूलका प्रधानाध्यापक बलले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले रक्तदान गरेर पुण्य कमाउन आग्रह गरे । बढ्दै गएको रगतको मागलाई पूर्ती गर्न सबैले रक्तदान गर्नुपर्नेमा चौगाईले जोड दिए ।

कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, केन्द्रीय सदस्य छेदूप लामा, राहुल श्रीवास्तव, सुरजबाबु पटेल, पर्सा रेफरी एसोसिएसनका अध्यक्ष अर्जनु गुप्ता, रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रापोलिसका अध्यक्ष रेशु अग्रवाल, अनिल जयसवाल, प्रकाश कर्ण लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...