Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

श्रीराम अस्पतालकाे कार्यक्रममा ३५ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । श्रीराम अस्पताल वीरगंजकाे आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

आमा सुरक्षा कार्यक्रम स‌चालन भएकाे एक वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा ३५ जनाले रक्तदान गरेकाे अस्पतालका संचालिका डा.दिप्ती यादबले जानकारी दिइन ।

कार्यक्रममा डा.सुनिल यादव, डा. मनिष खन्ना, अनिल पटेल, राधा श्रेष्ठ, एन्जिला पटेल लगाएत ३५ जनाले रक्तदान गरेको उनले जानकारी दिइन ।

अस्पतालले आमा सुरक्षा कार्यक्रम सुरु गरेसँगेै १ वर्षमा सयौं गर्भवती आमाहरुलाई सुरक्षित प्रसूती सेवा प्रदान गरिएको अस्पतालकी संचालिका डा.प्रिती यादबले वताइन ।

कार्यक्रमको अवसर पारेर विभिन्न व्यक्तित्वहरुलाई अस्पतालले सम्मान समेत गरेको छ । अस्पतालले समाजसेवी प्रकाश थारू, वीरगंज युवा समाजका संस्थापक कमल चौगाईं, संचारकर्मी आबिद हुसेन, राजु खण्डेलवाल, हेमा थापा, साैरभ राज पाण्डे र राजन श्रीवास्तवलाई सम्मान गरेकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...