Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पाेखरियामा मलकाे कालाेबजारी भइरहेकाे गुनासाेपछि मुल्य निर्धारण

spot_img
spot_img

पोखरिया । पर्साको पोखरिया नगरपालिकामा अनुदानकाे रसायनिक मलकाे कालाेबजारी भइरहेकाे गुनासाे बढेपछि नगरपालिकाले मुल्य निर्धारण गरेकाे छ ।

अनुदानकाे यूरिया मल प्रति बोरा रू १५ सय र डीएपी प्रति बाेरा रु २८ सयदेखि ३ हजार सम्म बिक्री वितरण भई रहेको थियाे । साे बारे नगरपालिका सम्म गुनासाे पुगेपछि नगरपालिकाकाे मल खाद ब्यवस्थापन समितिको बिहिबार बसेको बैठकले मुल्य निर्धारण गरेकाे हाे ।

नगरपालिकाकी उप मेयर रुबी ठाकुरले एक सूचना जारी गर्दै मलको मुल्य निर्धारण गरिएकाे जनाएकी हुन् ।

साे सूचना अनुसार यूरिया मल प्रति बोरा रू ९०० सय र डीएपी प्रति बोरा रू २३ सय ५० पचास सम्म बिक्री गर्न पाइने छन् । साे भन्दा भन्दा बढ़ीमा बिक्री बितरण गरेको पाइएमा कानून बामोजिम कड़ा कारवाही हुने उप मेयर ठाकुरद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...