Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

एनवाइईएफ वीरगंज च्याप्टर बिल्डिङ अवार्डबाट सम्मानित

spot_img
spot_img

वीरगंज । नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगंजका च्याप्टरले बिल्डिङ इन्टरप्रेन्युरियल इकोसिस्टम २०२२ अवार्ड प्राप्त गरेको छ । 

देशभर रहेका १२ वटा च्याप्टरहरूमध्ये उद्यमशीलता विकासका लागि सबैभन्दा धेरै काम गर्दै वीरगंजमा नव उद्यमीहरूका लागि सकारात्मक वातावरण सृजना गरेकोमा एनवाइईएफ वीरगंज च्याप्टर बिल्डिङ इन्टरप्रेन्युरियल इकोसिस्टम अवार्डबाट सम्मानित भएको हो ।  

काठमाडौँमा सम्पन्न मञ्च १९ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा एनवाइईएफ वीरगंजकाे तर्फबाट उक्त अवार्ड निवर्तमान अध्यक्ष राकेश साहले ग्रहण गरेका थिए ।  

अवार्ड ग्रहण गर्दै साहले सम्मानबाट च्याप्टरलाई थप ऊर्जाका साथ काम गर्ने हौसला प्राप्त भएको बताए । वीरगंजमा मात्र नभई पर्सा जिल्लामै उद्यमशीलता विकास र नवीन सोचका साथ व्यवसाय गर्ने सोच राखेका युवाहरूलाई आफूहरूले गर्ने सहयोगलाई निरन्तरता दिने उनले बताए ।

अधिवेशनबाट सहारा जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...