Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

लागु औषध गाँजासहित कालिकामाईका पासवान पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे पोखरिया नगरपालिका वडा नं. ९ सेमरवारीबाट लागु औषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको चेकिङ टोलीले कालिकामाई गाउँपालिका वडा नं. ५ निवासी ३२ बर्षिय बृज किसोर पासवानलाई पक्राउ गरेकाे हाे । 

आइतबार दिउसाे ०४:०० बजेको समयमा पासवानलाई रोकी निजको तलासी लिदा निजले बोकेको झोला भित्र लागु औषध गाँजा १२ के.जी. फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

उल्लेखित परिमाणको लागु औषध सहित निज पासवानलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको उनले वताए ।

यसैगरी बाराबाट पनि १०५ किलो अवैध लागू औषध गाँजा सहित ट्रक बरामद  भएकाे छ । जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ना.१.क.३२०५ नम्बरको ट्रकमा लागू औषध गाँजा बरामद गरेकाे हाे ।

मंगलबार बिहान ७ बजेको समयमा ट्रकमा लुकाई छिपाई ल्याई रहेको भनी बिशेष सुचनाको आधारमा उक्त नं.को ट्रक खोज तलास गर्दै जाने क्रममा बिहान ०७:२० बजेको समयमा बाराकाे जितपुरसिमरा उपमहानगरपालिकाकाे वडा नं.२२ पुर्ब पश्चिम लोक राजमार्ग सडक खण्डको चुरिया माई मन्दिर नजिक सडकको पुर्ब साईडको नालामा ट्रक पल्टिएको अबस्थामा फेला परेकाे थियाे ।

सो ट्रकमा चालक तथा सह-चालक समेत नभएकोले उक्त नम्बरको ट्रक चेक जाँच गर्दा सामान लोड गर्ने पछाडीको भागमा फल्स डब्बा भित्र प्लास्टिकको ५ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध गाँजा एक सय ५ किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

बरामद लागु औषध गाँजा सहित ट्रक नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरामा ल्याई राखिएको र ट्रक चालक लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोत तलास लगायतको अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरिक्षक रुपेश साहले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...