Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

स्वतन्त्र मानवअधिकार समाजकाे कार्यालय उद्घाटन

spot_img
spot_img

वीरगंज । स्वतन्त्र मानवअधिकार समाजकाे साेमबार शपथ ग्रहण तथा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ । समाजकाे ‍वीरगंज १६ स्थित रेल्बे राेड, अमर चाैकमा संचालनमा आएकाे कार्यालयकाे उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका हुन् ।

समाजका सभापति कृष्ण कुमार खनालकाे अध्यक्षतामा भएकाे कार्यालय उद्घाटन तथा सपथ ग्रहण कार्यक्रममा वीरगंज माहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, सशस्त्र प्रहरी गण १३ नम्बरका प्रहरी उपरीक्षक सुमन थपलिया, नेपाल पत्रकार माहासंघका केन्द्रीय सदस्य केसि लामिछाने, मधेश प्रदेशका माहासचिव श्याम बन्जारा, लाेसपाका नेता निजामुद्विन समानी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजका सभापति खनाललाई प्रमुख जिल्ला अधिकारी रेग्मीले शपथ गराएका थिए भने सभापति खनालले समाजका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए ।

सभापति खनालले समाजका उप-सभापति नन्दकिशोर यादव, माहासचिव दिपक साह कानु, कोषाध्यक्ष उर्मिला कुमारी कुशवाहा, सचिव आशिष कुमार, केन्द्रिय सदस्य नन्दनि गुप्ता, निर्मला कुशवाहा, सीता उप्रेती, डा अस्मिता उपाध्याय, आशा देवि, बृजेश अग्रवाल, साेनालाल गुप्ता, बिक्कि सिंह, शयाम कुमार निधि, जय प्रकाश गुप्ता, सराेज साह, तिलक साह लगायतलाई शपथ खुवाएका थिए ।

सपथ ग्रहण तथा कार्यालय उद्घाटन कार्यक्रममा  माहानगरपालिकाका प्रखुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेललाई सम्मान पत्र र समाजका काेषाध्यक्ष उर्मिला कुमारी कुशवाहालाई प्रशंसा पत्रले सम्मानित गरिएको थियो ।

कार्यक्रममा स्वागत भाषण केन्द्रिय सदस्य संदिप चौरसियाले गरेका थिए भने कार्यक्रमकाे संचालन सन्तोष कुमार खनालले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...