Date
आइत, भदौ ७, २०८३
Sun, August 23, 2026

समय सिमा विताएर गरिएकाे पक्षपाती निर्णय प्रति तीन प्रत्रकार संगठनकाे आपती

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले गरेकाे सदस्यता शुद्धीकरणकाे निर्णय प्रति तीन प्रत्रकार संगठनले आपती जनाएका छन् । 

प्रेस युनियन, प्रेस सेन्टर र समाजवादी प्रेस संगठले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णयले सदस्यता शुद्धीकरणका लागि मापदण्ड बनाएर देशभर शुद्धिकरण, नविकरण र नयाँ सदस्यताको लागि आवेदन खुला गरेको भएपनि पत्रकार महासंघ पर्सा शाखाले अहिलेसम्म त्यसको कुनै आधिकारिक सार्वजनीकरण नगरेकोप्रति गम्भीर ध्यानकर्षण भएको जनाएका छन् ।

तीनै संगठनले नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारालाई ध्यानाकर्षण पत्र बुझाउँदै
विधि, प्रकृया, नीति, सिद्धान्त कुनै प्रकृया नमिलाई पठाएको शुद्धिकरणको सूची अमान्य घोषणा गर्न आग्रह गरेका हुन् ।

महासंघ केन्द्रीय समितिको निर्णय अनुसार वैशाख २५ गतेसम्म आफ्नो सबै सदस्यहरुको नामावली शुद्धिकरणका लागि प्रदेश समितिका महासचिव अनिवार्य रहने समिति तत्काल गठन गरी नम्बर सहितको विवरण सहितको नामावली उपलब्ध गराउनुपर्ने थियाे ।

शाखा समितिले जेठ २५ गते भित्र महासंघको सञ्चार माध्यममा आवद्धताको पूर्ण विवरण शाखाले प्रदेश समितिलाई पठाउनु पर्ने र प्रदेश समितिले उपलब्ध विवरण अद्यावधिक गरेर जेठ ३० गतेसम्म केन्द्रीय कार्यालयमा पठाउनुपर्ने निर्देशन भएको र उपलब्ध नाममा चित्त नबुझेमा उजुरी गर्नका लागि असार १० गते सम्मको समय निर्धारण समेत गरिएकाे थियाे ।

तर समय सीमा पार गरिसकेपछि पनि शुद्धिकरण र नविकरणसम्बन्धमा पत्रकार महासंघ पर्सा शाखाले कुनैपनि आधिकारिक विवरणहरु सार्वजनिक नगरेर केन्द्रीय निर्देशनलाई अवज्ञा गरेको हाम्राे ठहर रहेकाे प्रेस युनियन पर्साका अध्यक्ष विजय चाैहानले वताए ।

विधिको शासनको मुख्य वकालत गर्ने संस्थाको रुपमा स्थापित नेपाल पत्रकार महासंघ मातहतकै पर्सा शाखाले गैर जिम्मेवार, अनुशासनहिन र पक्षपाती रवैया देखाई महासंघको गरिमामा गम्भीर आँच पुयाएको तीन संगठनले निष्कर्ष निकाल्दै पर्सा शाखाले उपलब्ध गराएको सूचीको वैधानिकता गुमाईसकेको बुझाइएकाे ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे छ । 

प्रेस युनियन पर्साका सभापति चाैहान, प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गाैतम र समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र मार्फत उक्त सूचीलाई अमान्य गरी शुद्धिकरणको प्रकृयालाई पुन: सबै विचारधारका पत्रकार संघसंगठनहरुसंगको छलफल, सहकार्य र सहमतिमा नै गर्न आग्रह समेत गरिएकाे छ ।

त्यस्तै प्राप्त उजुरीको आधारमा समितिले आवश्यक छानविन गरी केन्द्रीय कार्यालयलाई असार २५ गतेसम्ममा जानकारी गराउनुपर्ने निर्णय भए बमोजिम हुनुपर्नेमा अहिलेसम्म पनि कुनै आधिकारिक विवरणहरु जिल्लाको कार्यालयमा टास नगरेको, सामाजिक सञ्जालहरुमा सार्वजनिक नभएको, जेठ ३० गतेसम्म प्रदेश समितिले अद्यावधिक गरेर केन्द्रमा पठाउनुपर्ने भएपनि अहिलेसम्म कुनै विधि प्रकृयाको अवलम्बन नगरेको तीन संगठले जनाएका छन् ।

 न्यायको मूल सिद्धान्त समेतलाई ख्याल नगरी सफाईको अवसरबाट समेत बञ्चित गरी नियतवश निर्धारित समयपछि मात्रै शुद्धिकरण सूची तयार गरिएको पत्रकार संगठनहरुकाे ठहर रहेकाे छ ।

साे ध्यानाकर्षण पत्र नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय र पर्सा शाखालाई समेत बोधार्थ गरिएकाे थियाे ।

साथै तीनवटै संगठनले पत्रकार महासंघ पर्साले गरेको निर्णय आधिकारिक रुपमा सार्वजनिक नभई व्यक्तिले कुनै अमुक सूचना मार्फत सार्वजनिक गरेको प्रतिपनि गम्भीर ध्यानकर्षण भएको जनाउदै कारवाहीको माग गरेको छ ।

उनीहरुले पत्रकार महासंघ पर्साले गरेको सांगठनिक निर्णयको संस्थागत रुपमा जानकारी हुनुपर्ने वा सार्वजनिक गर्नुपर्नेमा संगठनको गोपनीयता नै भंग गर्ने खालको व्यक्ति मार्फत बैठकको निर्णय पुस्तिकामा भएका निर्णयहरु नै अमुक माध्यमबाट सार्वजनिक हुनुले संस्थाको गोपनीयतामाथि नै गम्भीर प्रश्न उठेको र निर्णय सार्वजनिक गर्ने अनाधिकृत व्यक्तिको पहिचान गरी कारवाही गर्न माग समेत गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...