Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

महासंघकाे स्टार्टअप एण्ड इनोभेसन समितिको आमन्त्रित सदस्यमा अग्रवाल मनोनीत

spot_img
spot_img

वीरगंज । नेपाल उद्योग वाणिज्य महासङ्घको स्टार्टअप एण्ड इनोभेसन समितिको आमन्त्रित सदस्यमा युवा उद्यमी अनुपकुमार अग्रवाल मनोनीत भएका छन् ।

शुक्रवार काठमाडौँमा सम्पन्न एक समारोहका बिच महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अग्रवाललाई जुना माथेमाको सभापतित्वमा रहेको समितिको आमन्त्रित सदस्यमा मनोनीत गरेका हुन् । 

अग्रवालले समितिको आमन्त्रित सदस्यमा मनोनीत गर्दै महासङ्घका अध्यक्ष ढकालले समितिका सदस्यहरूले समिति मार्फत यस क्षेत्रमा क्रियाशील रूपमा काम गर्दै महासङ्घलाई समेत सशक्त रूपमा अगाडि बढाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । 

अग्रवाल नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशअन्तर्गत गठित स्टार्टअप एण्ड इनोभेसन समितिका संयोजक हुन् भने वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सदस्य र नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका पूर्व अध्यक्ष पनि हुन् । सेनिटरी वेयर र विभिन्न कस्मेटिक बस्तुको आयात गर्ने व्यवसायमा संलग्न अग्रवाल वीरगञ्जलाई आफ्नो कम थलो बनाएर विभिन्न सामाजिक संस्थामा पनि आबद्ध छन् । 

समिति मार्फत नेपालमा स्टार्टअप सुरु गरेका उद्यमी व्यवसायीहरूका वास्तविक समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव पेस गर्ने, नवीन सोचमा आधारित रहेर उद्यम गर्न चाहने स्टार्टअपहरूको व्यावसायिक सफलताका लागि सुरुवाती पुँजी (लगानी) जुटाई दिन पहल र सहयोग गर्ने जस्ता कामहरूलाई प्राथमिकता दिने अग्रवालको एजेण्डा छ ।

‘संसारभर स्टार्टअपहरूले राम्रो गरिरहेको बेला नेपालमा त्यस्तो भइरहेको छैन । थोरै रहेका स्टार्टहरू पनि काठमाडौँ, पोखरा जस्ता ठूला सहरमा मात्रै केन्द्रित छन्,’ अग्रवालले भने, ‘अब देशका अन्य सहर र ठाउँमा पनि स्टार्टअप खोल्न प्रोत्साहन गर्ने मेरो मुख्य अजेण्डा रहनेछ । त्यसको लागि प्रदेशदेखि सङ्घीय तहसम्म रहेका सरकारी र गैर सरकारी निकायसँग पहल र सामान्य गर्नेछु ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...