Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

स्वास्थ्यकर्मी जनमत संघ पर्सा गठन, अध्यक्षमा सिंह

spot_img
spot_img

वीरगंज । अन्तर्राष्ट्रिय चिकित्सक दिवस पारेर जनमत पार्टीले अफ्नो भातृसंगठन, स्वास्थ्यकर्मी जनमत संघ पर्साकाे घोषणा गरेको छ । जनमत पार्टीका केन्द्रीय सदस्य डा. अजय यादवको विशेष उपस्थितिमा भएकाे मंगलबार एक कार्यक्रमका बिच तत्काल ४१ सदस्यीय स्वास्थ्यकर्मी संघ पर्सा गठन गरिएको हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै केन्द्रिय सदस्य डा. यादवले स्वास्थ्य सेवा जनताको मौलिक अधिकार भएकाेले यसमा कुनै किसिमको बेतिथि सहन नहुने वताए । उनले भने “जनतालाई मार्ने काम कुनै पनि स्वास्थ्य संस्थाबाट, खासगरी सरकारी स्वास्थ्य संस्थाबाट हुनुहुँदैन, भएको खण्डमा स्वास्थ्यकर्मी जनमत संघले कडा भन्दा कडा कारवाही गर्न पनि पछि हटनु हुँदैन ।”

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका डा. यादवले भ्रष्टाचारमा जनमत पार्टीको शून्य सहनशीलताको बारेमा वताउँदै जनकपुरमा भ्रष्टाचारीलाई गरेको कारवाही नबिर्सन पनि भन्दै जनताको विरोधमा जाने जो सुकैलाई पनि कारवाहीको दायरा ल्याउने चेतावनी समेत दिए ।

जनमत पार्टी, पर्साका संयोजक ओमप्रकाश सर्राफले नारायणी अस्पतालमा भइरहेकाे अनियमितता र भ्रष्टाचार विरुद्ध स्वास्थ्यकर्मी संघले सशक्त कदम चाल्न आग्रह गरे । 

जनमत पार्टीका पर्सा जिल्ला इन्चार्ज माधव सिंहको अध्यक्षतामा भएको कार्यक्रमलाई जनमत पार्टी पर्सा सल्लाहकार समितिका नेतागण प्रह्लाद गिरी, शशी कपूर मियाँ, सिपु तिवारी, युवा नेता मुकेश द्विवेदी, कन्हैया झा, राजु गिरीले आ आफ्नो मन्तव्य राख्दै संघलाई समर्थनको साथै सुभेच्छा दिए ।

नव गठित स्वास्थ्यकर्मीको अध्यक्षमा नन्दन कुमार सिंह, उपाध्यक्ष सिकिन्द्र राय, सचीव बिजय प्रताप सिह, सह- सचीव मधुसूदन चौरसिया, कोषाध्यक्ष बिजय कुमार यादव लगायत रहेका छन ।

आम जनताको स्वास्थ / उपचार सेवालाई सहयोग र सहजीकरण गर्न जनहितको लागी चाडै हेल्पलाइन नम्बर जारी गरिने भेलाले निर्णय गरेको वताइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...