Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026

पोखरियामा विपद् व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

वीरगंज । पर्साको पोखरिया नगरपालिकामा विपद् व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाकाे आयाेजनामा पालिकास्तरीय एक दिने अभिमुखीकरण कार्यक्रम साेमबार सम्पन्न भएको हो ।

- Advertisement -

अभिमुखीकरण कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटाले विपद् एक्कासी आउने भएकाले समयमै सचेत भएर बस्नुपर्ने बताए । उनले भने, ‘विपद्को कुनै समय हुदैन, एकासी आउन सक्छ, सबै जनसमुदाय हरुलाई समयमै सचेत गराउनु जरुरी छ ।’

प्रशासकीय अधिकृत सापकोटाले पालिका स्तरीय विपद ब्यवस्थापन समितिलाई सक्रिय बनाउनु पर्नेमा जोड दिए । विपद ब्यवस्थापन तथा प्रतिकार्यमा आफ्नो पनि सहयोग रहने उनले बताए ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्रले कुनै बेला विपद जतिबेला पनि आउनसक्ने भन्दै पालिका स्तरिय विपद् व्यवस्थापन तथा प्रतिकार्य समितिलाई पूर्ण जागरुप र सक्रिय बनाउन अभिमुखिकरण कार्यक्रम राखिएको बताए ।

स्वास्थ्य सह संयोजक शिवकुमार पटेलले विपदको समयमा हुने क्षती र विपदबाट बचने उपायबारे प्रोजेक्टरको माध्यमबाट जानकारी गराए । स्वास्थ्य सह–संयोजक पटेलले भने, ‘कुनै समय विपपदमा समयमै उद्धार नहुँदा अकालमा मृत्यु हुन सक्ने अवस्था हुन्छ । यदि समयमा उद्धार गर्न सके बचाउन सकिन्छ । उद्धारकार्यलाई प्रभावकारी बनाउन जरुरी छ ।’

स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा अधिकृत अजय श्रीवास्तव, नेपाल रेडक्रस सोसाइटी पोखरिया शाखा सभापति भगवान कुर्मी, युवा समाज पोखरियाका अध्यक्ष भगवान दास तत्वा, विपद व्यवस्थापन शाखा प्रमुख राजेश्वर कुर्मी लगायतले धारणा राखेका थिए । कार्यक्रममा स्वास्थ्यकर्मी, कर्मचारी, संघसंस्था, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज सडक विस्तारबारे सांसद हरि पन्तको भावुक अपिल : “विकाससँगै पीडा पनि स्वाभाविक”

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले वीरगंजमा भइरहेको सडक विस्तार अभियानलाई लिएर आम नागरिकको पीडाप्रति सहानुभूति व्यक्त गरेका...

मल अभावले पर्साका किसान मारमा, भारतीय बजारबाट महँगोमा किन्न बाध्य

सेढवा । पर्साको ग्रामीण भेगमा चैते धान रोपाइँ गरिरहेका किसानहरू रासायनिक मल अभावका कारण गम्भीर समस्यामा परेका छन्। रोपाइँ गरेको करिब दुई साता बितिसक्दा...

१०० रुपैयाँभन्दा बढी सामानमा कर लगाउने नियमविरुद्ध वीरगंज नाकामा धर्ना

वीरगंज । वीरगंज नाकास्थित शंकराचार्य प्रवेशद्वारमा जनअधिकार पार्टीले आइतबार धर्ना प्रदर्शन गरेको छ। भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार कर तिर्नुपर्ने...