Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

सनराईज बैँक बिन्दवासिनीद्वारा विद्यालयलाई राउन्ड टेबलसहित कुर्सी सहयाेग

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकामा रहेकाे सनराईज बैँकले एक विद्यालयलाई राउन्ड टेबलसहित कुर्सी सहयाेग गरेकाे छ। बिन्दवासिनी गाउँपालिकाकाे वडा नं. ३ मा रहेकाे श्री रामस्वरूप रामपृत चाैरसिया माध्यमिक बिधालयलाई राउन्ड टेबलसहित १२ वटा कुर्सी सहयाेग गरेकाे हाे ।

विद्यालयमै पुगि बैंकले एक कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक रामचन्द्र महताेलाई साे सामग्री हस्तान्तरण गरिएकाे जनाएकाे छ । सँस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई आवश्यकता अनुसारकाे सामग्री सहयाेग गरिएकाे बैंकका मधेश प्रदेश प्रमुख दिपक पडितले बताए ।

सामग्रि बुझ्दै प्रधानाध्यापक महताेले सनराईज बैँकका सम्पुर्ण सदस्यलाई विद्यालय परिवार तथा ब्यक्तिगत तर्फबाट धन्यवाद दिद‌ै विद्यालय तथा बिधार्थीकाे हकहितका लागि अगामी दिनमा पनि सहयाेगकाे अपेक्षा राखे ।

 विद्यालयका सँस्थापक एवम् पुर्व बिधालय ब्यवस्थापक समितिका अध्यक्ष रामचन्द्र चाैरसियाकाे अध्यक्षतामा र सनराईज ब‌ैँक मधेश प्रदेश प्रमुख दिपक पँडितकाे प्रमुख आतिथ्यतामा भएकाे सामग्री हस्तान्तरण कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्याेति चाैरसिया, शिक्षा शाखा प्रमुख कपिल लामिक्षाने, वडाध्यक्ष जयप्रकाश चाैरसिया, अनाेज चाैरसिया, सनराईज बैँक बिन्दवासिनी शाखाका प्रमुख विश्व प्रताप चाैधुरी लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे सहजिकरण शिक्षक सुकदेव चाैरसियाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...