Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जगरनाथपुर र पाेखरियामा राेपाइँ गरेर धान दिवस मनाइयाे

spot_img
spot_img

वीरगंज ।  देशैभर जस्तै पर्सामा पनि विभिन्न कार्यक्रम गरी २० औँ राष्ट्रिय धान दिवस मनाइएकाे छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाइएकाे हाे ।

दिवसका अवसरमा पर्साकाे जगरनाथपुर गाउँपालिकामा धान रोपाइँ कार्यक्रम सम्पन्न भएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे कृषि विकास शाखाकाे आयोजनामा गाउँपालिकाकाे वडा नं. ४ हरपुरमा रोपाइँ महोत्सव आयोजना गरि दिवस मनाइएकाे गाउँपालिकाका कर्मचारी दयानन्द साहले जानकारी दिए ।

उक्त कार्यक्रममा सहभागि गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडाध्यक्ष सुभाष यादव, प्रभु प्रसाद नुनिया, गाउँपालिकाका कर्मचारी लगायतकाले धान राेपेर दिवस मनाएकाे उनले वताए ।

साे अवसरमा वाेल्दै गाउँपालिका अध्यक्ष यादवले धान हरेक नेपालीको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनसँग गाँसिएको वताए । उनले जन्मेदेखि मृत्युसम्मका कर्ममा तथा वर्षभरि मनाइने विभिन्न चाडपर्वमा समेत धानको प्रयोग अपरिहार्य हुने भएकाले धान हाम्रो खाद्यान्नमात्र नभएर संस्कृतिको धरोहर पनि रहेकाे वताए ।

कार्यक्रममा सहभागि कृषकहरुलाई गाउँपालिका अध्यक्ष यादवले रु ५ हजारका दरले वितरण समेत गर्नु भएकाे स्थानिय मन्जय गिरीले जानकारी दिए ।

यसैगरी पर्साकाे पाेखरिया नगरपालिकामा पनि राष्ट्रिय धान दिवस मनाइएकाे छ । दिवसकाे अवसरमा पोखरिया नगरपालिकाक़ो आयोजनामा धान राेपाई कार्यक्रम सम्पन्न भएकाे हाे ।

पोखरिया नगरपालिका मेयर प्रदुमन प्रसाद चौहान, उप मेयर रूबी ठाकुर, अधिकृत अजय श्रीवास्तव, एमाले पाेखरियाका अध्यक्ष बिंध्याचल ठाकुर, वडाका वडा अध्यक्ष, वडा सदस्य, नगरपालिकाका कर्मचारहरुकाे समुह स्थानियकाे खेत मै पुगि धान राेप्नुकाे साथै धान दिवसकाे शुभकामना अदानप्रदान गरेर दिवस मनाएका हुन् ।

विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा पनि यो दिवसका रूपमा मनाउन सुरु गरिएको हो । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेसा–व्यवसायमा लागेका नेपालीले दही चिउरा खाई असार १५ मनाउँछन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...