Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जगरनाथपुर र पाेखरियामा राेपाइँ गरेर धान दिवस मनाइयाे

spot_img
spot_img

वीरगंज ।  देशैभर जस्तै पर्सामा पनि विभिन्न कार्यक्रम गरी २० औँ राष्ट्रिय धान दिवस मनाइएकाे छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाइएकाे हाे ।

दिवसका अवसरमा पर्साकाे जगरनाथपुर गाउँपालिकामा धान रोपाइँ कार्यक्रम सम्पन्न भएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे कृषि विकास शाखाकाे आयोजनामा गाउँपालिकाकाे वडा नं. ४ हरपुरमा रोपाइँ महोत्सव आयोजना गरि दिवस मनाइएकाे गाउँपालिकाका कर्मचारी दयानन्द साहले जानकारी दिए ।

उक्त कार्यक्रममा सहभागि गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडाध्यक्ष सुभाष यादव, प्रभु प्रसाद नुनिया, गाउँपालिकाका कर्मचारी लगायतकाले धान राेपेर दिवस मनाएकाे उनले वताए ।

साे अवसरमा वाेल्दै गाउँपालिका अध्यक्ष यादवले धान हरेक नेपालीको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनसँग गाँसिएको वताए । उनले जन्मेदेखि मृत्युसम्मका कर्ममा तथा वर्षभरि मनाइने विभिन्न चाडपर्वमा समेत धानको प्रयोग अपरिहार्य हुने भएकाले धान हाम्रो खाद्यान्नमात्र नभएर संस्कृतिको धरोहर पनि रहेकाे वताए ।

कार्यक्रममा सहभागि कृषकहरुलाई गाउँपालिका अध्यक्ष यादवले रु ५ हजारका दरले वितरण समेत गर्नु भएकाे स्थानिय मन्जय गिरीले जानकारी दिए ।

यसैगरी पर्साकाे पाेखरिया नगरपालिकामा पनि राष्ट्रिय धान दिवस मनाइएकाे छ । दिवसकाे अवसरमा पोखरिया नगरपालिकाक़ो आयोजनामा धान राेपाई कार्यक्रम सम्पन्न भएकाे हाे ।

पोखरिया नगरपालिका मेयर प्रदुमन प्रसाद चौहान, उप मेयर रूबी ठाकुर, अधिकृत अजय श्रीवास्तव, एमाले पाेखरियाका अध्यक्ष बिंध्याचल ठाकुर, वडाका वडा अध्यक्ष, वडा सदस्य, नगरपालिकाका कर्मचारहरुकाे समुह स्थानियकाे खेत मै पुगि धान राेप्नुकाे साथै धान दिवसकाे शुभकामना अदानप्रदान गरेर दिवस मनाएका हुन् ।

विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा पनि यो दिवसका रूपमा मनाउन सुरु गरिएको हो । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेसा–व्यवसायमा लागेका नेपालीले दही चिउरा खाई असार १५ मनाउँछन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...